२०८० फागुन १३, आईतबार | Sun, 25, Feb, 2024

डा. केसी ट्रमा सेन्टरबाट शिक्षण अस्पतालमा भर्ना

  • २०७७ आश्विन ६, मंगलबार मा प्रकाशित ३ साल अघि
  • ३८१ पाठक संख्या
  • काठमाण्डौ विमानस्थलबाट जवरजस्ती ट्रमा सेन्टर लगिएका डा. गोविन्द केसी शिक्षण अस्पतालमा भर्ना भएका छन् ।

    अनशनकै क्रममा नेपालगञ्जबाट मंगलबार काठमाडौं आएका डा. केसीलाई त्रिभुवन विमानस्थलबाट प्रहरीले जबर्जस्ती राष्ट्रिय ट्रमा सेन्टर लगे पनि मंगलबार साँझ त्यहाँबाट शिक्षण अस्पताल गएका हुन । बाहिरिएका हुन् ।

    शिक्षण अस्पतालको आकस्मिक कक्षमा भर्ना भएको र अब त्यहीँबाट अनशनलाई निरन्तरता दिने केसीका सहयोगी डा. प्रविण गिरीले जानकारी दिएका छन् ।

    डा. केसी चिकित्सा शिक्षा सुधारका विभिन्न माग राख्दै केसी भदौ २९ गते जुम्लामा अनशन बसेका थिए । सोमबार जुम्लाबाट नेपालगञ्ज आई बसेका उनी मंगलबार काठमाडौं आएका थिए ।

    प्रतिक्रिया दिनुहोस