२०८० आश्विन ८, सोमबार | Mon, 25, Sep, 2023

हामी हाम्रो क्षमता, स्रोत र साधनलाई उच्चतम प्रयोग गरेर जनताको अपेक्षा पुरा गरिरहेका छौं : हरीशरण घिमिरे, वडा अध्यक्ष बनेपा नगरपालिका ,वडा नम्बर २, नाला काभ्रेपलाञ्चोक

  • २०७७ आश्विन ५, सोमबार मा प्रकाशित ३ साल अघि
  • १२०२ पाठक संख्या
  • हरिशरण घिमिरेको जन्म पिता टिकाराम घिमिरे र मात गोमा घिमिरे को कोखबाट २०३४ साउन २४ बनेपा नगरपालिका वडा नं २ स्थित नालामा भएको हो । काभ्रे बहुमुखी क्याम्पसबाट स्नातक तह सम्मको अध्ययन पुरा गर्नुभएका उहाँ विभिन्न सामाजिक संघ संस्थामा क्रियाशिल हुनुका साथै नेपाली काँग्रेसको वडा समापतिमा समेत हुनुहुन्छ । यसैगरी नेपाल रेडक्रम सोसाइटी नाला उपशाखाको सभापति समेत हुनुभएको छ । विपीको समाजवाद दर्शनबाट अभिप्रेरीत हुनुभएका उहाँ नेपाल संघियतामा गए सँगै भएको स्थानिय निर्बाचनबाट बनेपा नगरपालिका वडा नम्बर २ को वडा अध्यक्षमा निर्बाचित हुनुभएको घिमिरे सँग पत्रकार सरोज सापकोटाको कुराकानीको सारसंक्षेप :

    लकडाउनमा दिनहरु कसरी बिताइरहनु भएको छ ?

    लकडाउनका दिनहरु वडा केन्द्रित कामहरुमा बितिरहेको छ । बाहिरी कार्यक्रम र प्रत्यक्ष रुपमा भेटघाटहरु हाललाई अधिक कम मात्र भएतापनि सामाजिक सञ्जाल र फोनका माध्यमबाट भने सम्पर्क र समन्वय भने भई नै रहेको छ । विस्तार हामी जनप्रतिनिधि, स्थानीय समाज सेवी, यूवाहरु सबैको पहल साथै प्रतक्ष्य अप्रत्यक्ष सहभागितामा चेतनामूलक सूचनाहरु प्रवाह गर्ने, मानीसहरुको बढि भिडभाड हुने स्थानहरु, स्वास्थ्य चौकिहरुमा नगरपालिकाद्धारा विषदिहरु छर्कने, बाहिरवाट आएका आएकाहरुको विवरण संकलन गरि निगरानि गर्ने, बाहिर रहेकाहरुको विवरण तयार गर्ने, वास्तवमा नै लक डाउनका कारणले गर्दा टोल स्तरिय विपद् ब्यवस्थापन समितिको सहभागिता र सहयोगमा चुलो बल्न नै असहज हुने घर धुरी पहिचान गर्ने, काम गर्न नसक्ने अपाङ्ग, जेष्ठ नागरिक र विरामीहरुका लागि केहि हद सम्म राहत प्याकेजका कामहरुका साथै अन्य सामाजिक कामहरुमा ब्यक्त रहँदै समय बितिरहेको छ । यसबेला हामी मुख्य रुपमा वडाको अवस्था निरीक्षण र अन्य कामहरुमा केन्द्रित छौं ।

    कोरोना भाइरस कोभिड–१९ का कारण बनेपा नगरपालिका त्यसमा पनि तपाईको वडा भित्रको अवस्था कस्तो छ ?

    हाम्रो वडामा कोरोना (कोभिड–१९) को अवस्था हालसम्म त्यति भयावह नभएपनि एकजना महिलामा भने कोरोना भाइरस पोजेटिभ देखिएका थियो । अहिलेसम्म त्यसपश्चात कुनैपनि केस फेला परेको छैन । तर सामाजिक पाटोका विविध पक्षमा भने जिल्लाद्धारा घोषित लकडाउनले प्रभाव पारिरहेको छ ।

    कोरोना महामारी तपाईको वडा क्षेत्रमा फैलन नदिन कस्ता काम र योजना अगाडी सार्नु भएको छ ?

    बनेपा नगरपालिकाले चैत्र १० गते नगरपालिका लकडाउन घोषणा तथा नेपाल सरकारले चैत्र ११ गतेदेखि देशभर नै लकडाउनको घोषणा गर्यो । हामीले हाम्रो वडामा ८ गते सर्वदलिय सहित विद्यालय, संघसस्था, उद्योग व्यवसायी सहितको वडास्तरीय भेला राख्यौ । त्यस भेलाबाट पारित गरी हामीले भविष्यमा कोभिड–१९ले पार्न सक्ने प्रभावलाई मध्यनजर गर्दै जनचेतनामूलक कार्यक्रम स्वरुप सामाजिक दुरी कायम गरी वडाभरका हरेक घरधुरी (६२५) लाई स्वास्थ सामाग्रीका रुपमा हातधुने साबुन (२), सिटामोल (२ पाता), डि–कोल्ड (२ पाता) वितरण ग¥यौ । वडा सदस्यज्युहरु, सचिव, सहायक सचिव, स्वास्थकर्मी र स्वंयम सेविकामार्फत टोलटोल, बस्तीबस्ती र घरघरमा पहिलो चरणको चेतनामूलक कार्यक्रम सम्पन्न गरियो । पुनः दोस्रो चरणमा स्वयम् सेविकामार्फत प्रत्येक घरधुरीमा गई साबुन, सेनिटाईजर र माक्स वितरण गर्दै अर्को चरणको जनचेतनामूलक कार्यकम्र सम्पन्न गरियो । त्यस्तै वडा कार्यलयले डिस–इन्फेकटेन्टका रुपमा ब्रिचिङ पाउडर वडाबाटै वितरण गरिरहेको छ ।

    कोरोना भाइरसबाट रोजगार समस्यामा परेका र अति बिपन्न गरिब परिवारलाई राहत दिलाउन के कस्तो कामहरु भयो र भइरहेका छन् ?

    नेपाल सरकारको निर्णय अनुसार हामीले पनि हाम्रा वडा निवासी ३७ घरधुरीलाई राहत प्रदान गर्यो । राहतमा दाल, चामल, नुन, चिनी, केराउ, चियापति लगायतका दैनिक उपभोगीय सरसाम्रागीहरु रहेको थियो । जसको उद्देश्य विपन्न वर्गका दाजुभाई, दिदीबहिनीको घरमा केहि समयको आड होस् र भोकले कसैलाई अफ्ट्यारो नपरोेस् भन्ने हो ।

    वडा कार्यलयले दिने सेवा हाल केकस्तो रुपमा अघि बढिरहेको छ ? कार्यालयबाट सम्पादन हुने सम्पूर्ण कामहरुको नागरिक बडापत्र तयार गरि सबैले देख्ने ठाउँमा राखी त्यस बमोजिम अनुसरण भएका छन् ?

    वडा कार्यलयबाट हामीले प्रदान गर्दै आएका सेवा सुविधालाई सकेसम्म सहज हुने किसिमले प्रदान गरी नै रहेका छौ । हामीले सेवाग्राहीको अत्यावश्यक कामलाई सकेसम्म सम्बोधन गरेका छौ । वडाबाट हुने सिफारिसहरुलाई सहज रुपले प्रदान गरीरहेका छौ र असहजता र अफ्ट्याराहरुलाई सहज बनाउनका लागी वडा समितिको बैठक बसि समस्याको सहजीकरण गर्दै आएका छौ । कार्यलयबाट हुने कामहरुको बडापत्र हामीले आवश्यकता अनुसार तयार गरेका छौ ।

    कोभिड १९ रोकथाम र न्यूनिकरणका लागि अहोरात्र लडिरहनुभएका स्वास्थ्यकर्मीहरुलाई जनप्रतिनिधीको प्रतिनिधित्व गर्दै के भन्नुहुन्छ ?

    कोभिड– १९ रोकथाम न्युनीकरणका लागी अग्रपङ्तिमा रहि स्वास्थसेवा प्रदान गरी जोखिमको भार उठाईरहनु भएका सम्पूर्ण स्वास्थकर्मीहरुलाई हामी सम्पूर्ण वडाबासीको तर्फबाट उच्च सम्मान प्रकट गर्न चहान्छु । हामी जनप्रतिनिधीहरुले उहाँहरुकै साथमा रहि उहाँहरुको हौसला र आत्मबल बढाई राख्न जरुरत छ । यस्तो महामारीमा पनि आफ्नो सुरक्षा र स्वास्थलाई दाउमा राखेर अरुका लागी लडिरहेका स्वास्थकर्मीप्रति सरकारले अझै थप साथ र सुविधा देओस् भन्ने हाम्रो ऐक्यबद्धता हो । हामी सबै देशभरका जनप्रतिनिधि उहाँहरुको सहजताको मेरुदण्ड बन्न सफल भयौ भने हामीले यो महामारीलाई परास्त गर्न सक्छौ ।

    यो बर्षको बजेटमा पहिलो प्राथमिकता केलाई राख्नु भएको छ, किन ?

    हाम्रो सामाजिक स्तर उकास्न अझै पनि पूर्वाधारकै कमि रहेका कारण यसवर्षको बजेटमा पनि हामीले पूर्वाधार विकासका योजनाहरुलाई अग्रपङ्तिमा राखेका छौ । संगसंगै कृषि तथा पशुपालन, पर्यटन र अहिलेको अवस्थालाई मध्यनजर गर्दै स्वास्थमा बढि केन्द्रित रहेका छौ । साथै शिक्षा लगायतका विविध क्षेत्र पनि हाम्रो प्राथमिकतामा छन् ।

    कृषिलाई आधुनिकिकरण, यान्त्रिकिकरण, व्यावसायिकरण र बजारीकरण गर्ने कार्यक्रम ल्याउनु भएको छ ?

    परम्परागत खेतीभन्दा आधुनिकिकरणले कृषि क्रान्ति ल्याउनका लागी उन्नत जातका बिउबिजनको अधिकतम प्रयोग गर्दै उत्पादनमा वृद्धि गर्नुका साथै विषादी प्रयोगलाई न्युनीकरण गर्दै अर्गानिक खेतितर्फ उन्मुख हुनु आजको आवश्यकता हो । यसलाई सफल बनाउनका लागी आधुनिक औजार (ट्रयाक्टर, पानी तान्ने पम्प, टनेल खेती लगायत) वडाको आवश्कता अनुसार नगरसंग समन्वय गरी वितरण गरीरहेका छौ । यसबाट उत्पादित कृषि उब्जनीलाई कृषि बजारसम्म पुर्याउन  समन्वय गर्नेछौ ।

    तपाईको क्षेत्र त कृषिको उर्वर भुमि, कृषिको क्षेत्रमा के कस्ता काम भएका छन् ? भविष्यमा कृषीका लागी तयार पारेका योजनाहरु केकस्ता छन् ?

    वडाले कृषि अन्र्तगत कामहरु विगतदेखि नै गर्दै आइरहेको छ । बिउबिजन र कृषिजन्य बिउविजन र सामाग्री वितरण भईरहेको कार्यक्रम हो । कोभिड–१९ ले थला परेको कृषि क्षेत्रलाई उकास्ने ध्येयले हामीले कृषकहरुलाई आवश्यक पर्ने कृषि सम्बन्धी विविध तालिम सञ्चालन गर्ने कार्ययोजना तयार पारेका छौ । कृषकहरुलाई आवश्यक पर्ने उन्नत जातका बिउबिजन, कृषि सामाग्री तथा औजार र बेमौसमी तरकारीका बिउबिजन समुह बनाई वितरण गर्ने कार्ययोजना बनाएका छौ । पशुपालक कृषकका हकमा गोठ सुधारका कार्यक्रम, पशु बिमा कार्यकम्र र उन्नत जातका पशुहरुको लागी नश्ल सुधार कार्यक्रमलाई प्राथमिकता दिईनेछ ।

    तपाईको क्षेत्रमा पर्यटन व्यबसायको पछिल्लो अवस्था कस्तो छ ?

    कोभिड– १९ ले प्रत्यक्ष रुपमा पर्यटन क्षेत्रलाई ठूलो असर परेको छ । यस वडा अन्र्तगत पर्ने पर्यटकिय क्षेत्र नगरकोटसम्म पुग्ने सहज पहुँच मार्ग खोल्न यो बर्ष हामी सफल भयौ । यसबाट यहाँका व्यवसायीले लाभ उठाउन सक्ने छन् । तर अहिलेको अवस्था र परिस्थितिले अन्य स्थानमा जस्तै यहाँ पनि पर्यटन व्यवसाय धरासायी अवस्थामा रहेका छ ।

    कोरोना भाइरसका कारण उद्योगी ब्यबसायीहरुले बैकंबाट ऋण लिएर ब्यबसाय संचालन गरेका छन् । वडा अध्यक्षको नाताले ब्यबसायीहरुलाई राहत दिलाउन बैंकहरुसँग के कस्तो सहकार्य गर्नुभएको छ ?

    व्यवसायहरु धरासायी बन्दै गर्दा र व्यवसाय जोगाउन व्यवसायीहरुले बैंकलाई गुहार्न  परेको अवस्थामा हामी पनि आफ्नो स्थान र पहुँचले सकेसम्म र भ्यायसम्म बैंकहरुसंग प्रत्यक्ष सम्पर्कमा रहदै आएका छौ । व्यवसायीहरुको अवस्थाका बारेमा बैंकहरुसंग समन्वय गरी सहजताका लागी अपिल गरेका छौ । ब्याज हर्जना मिनाहा, सावा नविकरण आदिका लागी बैंकसग समन्वय गरीरहेका छौ ।

    कोरोनाबाट बेरोजगार भएका तथा विदेशबाट फर्किने तपाईको वडा भित्रका युवाहरुलाई समेट्न के कस्तो योजना बनाउनु भएको छ ?

    यस अघि नै चर्चा गरिएका विविध कार्यक्रममा युवाहरुलाई पनि कुन पक्षबाट समावेश गर्न सकिन्छ भन्ने कुराको अहिले हामी छलफलमा छौं । देश फर्केर आफ्नै ठाँउमा केहि गर्न चहाने युवार्वगले वडाले ल्याएको कृषि, पशुपालन तथा अन्य कार्यक्रमबाट लाभ लिन सक्नेछन् ।

    चुनावताका जनतालाई दिनु भएको आश्वासन के कति पुरा भए कति बाँकी छन् ?
    हाम्रो अहिलेका प्राथमिकताका कार्यक्रम पनि हामीले निर्वाचन पूर्व प्रकाशन गरेको घोषणापत्रमा आधार रहेको छ । हामी जनताको अपेक्षा र भावनासँग मिलेरै अघि बढ्दै छौ । थुप्रै कारणले कतिपय कार्यक्रममा प्रगति गर्न नसकेपनि हामी भविष्यमा उक्त कार्यक्रम गर्ने प्रतिबद्धता जाहेर गर्न चहान्छौ । धेरै योजनाहरु सिमित बजेटको घेरामा राख्न गा¥हो अवस्था रहेपनि हामी हाम्रो क्षमता र स्रोत साधनलाई उच्चतम प्रयोग गर्नेछौ ।

    तपाईको वडामा शिक्षा, स्वास्थ्य, संचार, खानेपानी, सडक, बिद्युत, खेलकुद, साँकृतिक सम्पदा पुर्वाधार क्षेत्रको विकासको अवस्था के कस्तो छ ? के कस्ता गतिबिधीहरु भएका छन् ?

    हाम्रा हरेक पूर्वाधारका पूर्वावस्था र अहिलेको अवस्थामा निकै फरक छ । जन अपेक्षा र आवश्यकता अनुसार हामीले सबै पक्षका कार्यक्रमहरु अघि बढाई नै रहेका छौ । मूलदेखी भित्री बाटोको मर्मत र विकास, खानेपानीका कार्यक्रम, खेल मैदानको निर्माण र विकास लगायतका थुप्रै कार्यहरु हामीले सफलतापूर्वक सम्पन्न पनि गरिसकेका छौ ।

    गरिब र असहायका लागि गम्भीर प्रकृतिको रोग लाग्दा केही आर्थिक सहयोग दिने नीति छ ? छ भने के के छ छैन भने लागू गर्न सकिएला ?

    गरिब तथा असहायको सहयोगका लागी नेपाल सरकारले दिने सहयोगका लागी वडाबाट सिफारिसका साथै समुदायसँग आर्थिक संकलन गरी संकलित रकम सहयोग स्वरुप प्रदान गर्दै आइरहेका छौ ।

    यहाँको सुरक्षा अवस्था र चुनौती के कस्ता छन् ?

    सुरक्षा अवस्था अहिलेसम्मलाई सामान्य रुपमा लिनुपर्छ । तर भविष्य अनिश्चित छ भन्ने कुरा भने हामी गौरब गरीरहेका छौ । सुरक्षाका लागी सबै सम्बन्धित पक्ष, सरोकारवाला निकायसँग हाम्रो समन्वय भइनै रहेको छ ।

    तपाईको वडा त्यसमा पनि बनेपा नगरपालिका लाई समृद्ध बनाउन जनप्रतिनिधीहरु र नागरिकहरुले के गर्नुपर्छ जस्तो लाग्छ ?

    सर्वप्रथम अघि बढ्नका लागी हामीलाई एकअर्काप्रतिको विश्वास, साथ र सहयोगको सदा नै आवश्यकता पर्दछ । हाम्रो वडालाई सम्बृद्ध बनाउन हामी सबै एकताबद्ध भई विकासका गतिविधीमा लाग्नुपर्दछ । हामी एक अर्काका विश्वासका पात्र बन्न सक्षम रह्यौ भने हामीले विकासका अनेक खाका साथसाथ कोर्न सक्छौ । एकअर्काप्रतिको हाम्रो भावनामा कसिङ्गर भयो भने हाम्रो साथ र सहकार्य हुन सक्दैन । त्यसकारण पनि हामी विकासका विषयमा भने एकजुट हुनुपर्दछ । त्यसकासाथै हामी आफ्ना ठाँउमा भइरहेको कार्यमा निरिक्षण गर्न, आवश्यक छलफल गर्न र गाँउको विकासको एजेण्डामा एक भएर उभियौ भने हाम्रो सम्बृद्धि कसैले रोक्न सक्दैन ।

    महामारीको समयमा आफ्ना नागरिकहरु लाई केही भन्नुपर्ने कुराहरु छन् कि ?

    वडा परिवारकातर्फबाट समस्त वडाबासी आमाबुबा, दिदीबहिनी, दाजुभाईहरुलाई अहिलेको विषम् परिस्थितिलाई निकै नै गम्भिरतापूर्वक ग्रहण गर्न र आफ्नो परिवारको सुरक्षा गर्नका लागी अनुरोध गर्न चाहान्छौ ।

    अन्तमा भन्न चाहेका र भन्न छुटेका केही छन् कि ?

    सर्बप्रथम त तपाई लगाएत टिमलाई धन्यवाद् ब्यक्त गर्दछु । यस्तो विषम् परिस्थितीमा पनि सुचना प्रबाहका लागि अहोरात्र खटिने पत्रकार, सुरक्षाकर्मी, स्वास्थ्यकमीहरु, कर्मचारीहरु प्रति पनि धन्यवाद् ब्यक्त गर्दछु । विषम् परिस्थितिमा पनि उत्साहका साथ आफ्नो कार्यमा लागिरहनु भएका वडा सदस्यज्युहरु रुपा मिजार, कमला घिमिरे, नवराज घिमिरे र गंगाप्रसाद घिमिरे, वडा सचिव रामनाथ कायस्थ, सहायक सचिव नन्दप्रसाद घिमिरेलाई उच्च सम्मानका साथ सम्झन चाहान्छु । साथै यस घडीमा साथ दिने सम्पूर्ण वडाबासीमा म सदा ऋणी छु ।

    प्रतिक्रिया दिनुहोस