काभ्रे क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले क्याम्पसका सञ्चालक अध्यक्ष, क्याम्पस प्रमुख र सञ्चालक सदस्य विरुद्ध ठगीको उजुरी दिएका छन् ।
क्याम्पसले अनुमतिनै नलिएको कम्प्युटर इन्जिनियरिङको पढाई हुने भनेर भर्ना लिएर अलपत्र पारेको भन्दै क्याम्पसमा अध्ययनरत पाँच विद्यार्थीले क्याम्पस सञ्चालक समिति अध्यक्ष लम्बोदर कायस्थ, क्याम्पस प्रमुख केजी बैदार र सञ्चालक सदस्य कृपेन्द्र श्रेष्ठको विरुद्धमा ठगी उजुरी दिएका हुन् ।
श्रोतका अनुसार उजुरी परेपछि अनुसनधान गर्नको लागि भनेर प्रहरीले जिल्ला अदालतबाट तीनै जनाको नाममा पक्राउ पुर्जी आदेश ल्याएको छ । प्रहरी श्रोतका अनुसार भोलि मंगलबारबाट कानुनी प्रकृयामा जानेछ ।
पाठ्यक्रम विकास केन्द्रको करिकुलम अनुसार ९ कक्षा देखि नै पढाउनुपर्ने भएपनि क्याम्पसले विद्यार्थीहरुलाई ११ कक्षामा मात्र भर्ना लिएको थियो । प्रकृयागत रुपमा विद्यार्थीहरुले परीक्षा दिन नपाएपछि क्याम्पस प्रशासनको विरोधमा थिए ।
विद्यार्थीले आन्दोलन नै गरेपछि क्याम्पसले शैक्षिक सत्रको अन्त्यमा साईन्स पढाउन बनेपा नगरपालिकासँग अनुमति सिफारिस मागेको भएपनि नगरपालिकाले हाल सम्म अनुमति दिएको छैन् ।
विद्यार्थीहरुले अनुमति नलिइकन कक्षा सञ्चालन गरेको आरोप लगाएपनि क्याम्पस प्रशासनले भने बनेपा नगरपालिकाको अनुमतिमा कक्षा शुरु गरेको जानकारी दिएको छ । बनेपा नगरपालिकाकाको शिक्षा शाखाबाट २०७५ साउन ११ गते शाखा अधिकृत शिवराम त्रिपाठीको हस्ताक्षरमा अनुमति पत्र लिएको क्याम्पसले जनाएको छ ।
यसबारेमा विस्तृत अनुसनधान भइरहेकोले थप समाचार आउन बाँकी छ ।
प्रतिक्रिया दिनुहोस