२०८० आश्विन १६, मंगलबार | Tue, 03, Oct, 2023

२४ घण्टामा देशभर १ हजार ५ डिस्चार्ज, ११ सय ५४ जना कोरोना संक्रमित थपिए

  • २०७७ आश्विन ५, सोमबार मा प्रकाशित ३ साल अघि
  • ३४४ पाठक संख्या
  • पछिल्लो २४ घण्टामा १ हजार ५ जना कोरोना संक्रमण मुक्त भएका छन् । यो सँगै देशभर ४७ हजार २३८ जना संक्रमित कोरोना मुक्त भएका छन् ।

    त्यस्तै देशभरका प्रयोगशालामा ९ हजार ५३३ नमुना परीक्षण गर्दा ४१८ महिला, ७३६ पुरुष गरी थप ११ सय ५४ जना मा संक्रमण पुष्टि भएको छ ।

    यससँगै कुल संक्रमितको संख्या ६५ हजार २७६ पुगेको छ । उनीहरुमध्ये ४२७ जनाको मृत्यु भएको छ ।

    प्रतिक्रिया दिनुहोस