२०८१ अषाढ ४, मंगलबार | Tue, 18, Jun, 2024

धुलिखेलमा रहेको प्रभात पोल्ट्री फर्ममा काम गर्ने आफ्नै सहकर्मीको बलत्कार

  • २०७७ आश्विन ५, सोमबार मा प्रकाशित ३ साल अघि
  • २५६२ पाठक संख्या
  • धुलिखेल वडा नं ४ को प्रभात पोल्ट्री फर्मका काम गर्ने तीन जनाले आफ्नै सहकर्मीलाई बलत्कार गरेका छन् ।

    रामेछाप मन्थली ८ घर भै फर्ममा काम गर्ने २८ बर्षिय महिलालाई सोहि फर्मका काम गर्ने तीन व्यक्तिले पटक पटक बलत्कार गरेका हुन् ।

    जिल्ला प्रहरी कार्यालय काभ्रेमा ती महिलाले उजुरी दिएपछि प्रहरीले तीनैजनालई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रे महाभारत गाउँपालिका वडा नं.१ घर भई हाल प्रभात पोल्ट्री फर्ममा काम गर्ने वर्ष २२ को विशाल आले, मकवानपुर हेटौडा उ.म.न.पा.वडा नं.१२ घर भई हाल प्रभात पोल्ट्री फर्ममा काम गर्ने बर्ष २८ को अमृत खड्का र भारत पश्चिम बंगाल बिरभिम घर भई हाल प्रभात पोल्ट्री फर्ममा काम गर्ने बर्ष २३ को रधुनाथ मण्डल छन् ।

    आलेले २०७६ देखि पटक पटक बलत्कार गरेको, रधुनाथ मण्डलले गत भदौ १ गते देखि पटक पटक बलत्कार गरेको तथा खड्काले गत असोज २ गते बलत्कार गरेको  अनुसन्धानको क्रममा खुलेको छ ।
    जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी निरीक्षक गोविन्द अधिकारीका अनुसार ती महिलालाई तीनै जनाले बिभिन्न किसिमको डरत्रास, धाक, धम्की देखाई पीडितको पारिवारिक अवस्थाको फाईदा उठाएर  करणी गरेको जानकारी दिए । ‘उनीहरुले पारिवारिक अवस्थाको फाईदा उठाई निज र निजको बच्चा समेतको ज्यान लिने डरत्रास धाकधम्की देखाई जबरजस्ती करणी गरेको देखियो ।’ प्रहरी निरीक्षक अधिकारीले भने– थप विबरण भने अनुसन्धान पछि भन्न सकिन्छ ।

    करणीमा संलग्नलाई छुट्टाछुट्टै करणी सम्बन्धी कसूर दफा २१९ जबरजस्ती करणी गर्न नहुने शिर्षकमा मुद्दा दर्ता गरी अनुसन्धानको लागि म्याद थपेर ल्याइएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस