२०८१ अषाढ ९, आईतबार | Sun, 23, Jun, 2024

राष्ट्रिय सभामा मनोनित वामदेवविरूद्ध सर्वोच्च अदालतमा रिट

  • २०७७ आश्विन ५, सोमबार मा प्रकाशित ३ साल अघि
  • ३९३ पाठक संख्या
  • नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा सदस्यका रूपमा काम गर्न रोक्नू भन्ने आदेश माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ।

    गौतमको नियुक्ति संविधानविपरीत भएको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सोमबार सर्वोच्चमा रिट दिएका हुन्। पूर्वअर्थमन्त्री युवराज खतिवडाको राष्ट्रियसभा सदस्यको अवधि सकिएपछि गौतमलाई सरकारले सिफारिस गरेको थियो। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गरेकी थिइन्।प्रतिनिधि सभामा हारेकाहरूलाई राष्ट्रियसभामा लैजाने प्रवृत्ति बढेको भन्दै उनको नियुक्ति बदर गर्न रिटमा माग गरिएको छ।

    सोमवार पेश गरेको रिट सर्वोच्चमा दर्ता भएको र उक्त रिटको बुधबारलाई पेशी तोकिएको छ ।

    प्रतिक्रिया दिनुहोस