२०८१ अषाढ ४, मंगलबार | Tue, 18, Jun, 2024

काभ्रेमा ११ जना कोरोनाका नयाँ संक्रमित थपिए

  • २०७७ आश्विन ५, सोमबार मा प्रकाशित ३ साल अघि
  • ५२९ पाठक संख्या
  • काभ्रेका सोमवार थप ११ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

    थपिनेमा बनेपा नगरपालिकाका १ पुरुष, धुलिखेल नगरपालिकाका १ पुरुष र ३ महिला, नमोबुद्ध नगरपालिकाका १ पुरुष, भुम्लु गाउँपालिकाका ३ पुरुष र पाँचखाल नगरपालिकामा २ पुरुष छन् । यो सँगै हालसम्म जिल्लामा ४ सय ६९ जना कोरोना संक्रमितको संख्या पुगेको छ ।

    त्यस्तै सोमवार सम्म ३ सय १२ जनाले कोरोना जितेको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्र झाले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा सक्रिय संक्रमितको संख्या १ सय ५३ रहेको छ ।

    प्रतिक्रिया दिनुहोस