२०८० आश्विन १६, मंगलबार | Tue, 03, Oct, 2023

सुरक्षा अपनाएर पाँचखालका विद्यालय खुल्न थाले

  • २०७७ आश्विन ५, सोमबार मा प्रकाशित ३ साल अघि
  • ७६५ पाठक संख्या
  • कोरोना भाइरसका कारण देशभरका विद्यालय बन्द रहेको भएपनि काभ्रेको पाँचखाल नगरपालिकाले विद्यालय खोलेको छ। नगरपालिकाले शिक्षा क्षेत्रका सरोकारवाला निकायहरुसँगको छलफलपछि विद्यालय खुलाएको हो ।

    सोमबारदेखि नगरभित्रका धेरै विद्यालयमा पठनपाठन सुरु भएको छ भने केहि विद्यालयमा विद्यालय व्यवस्थापन सकितिको बैठक बस्ने तयारीमा छ । नगरप्रमुख महेश खरेलले विद्यालयमा एक बेन्चमा एक जना मात्र बस्ने गरी व्यवस्था गरिएको तथा धेरै विद्यार्थी भएको विद्यालयमा सेक्सन थप्न लगाइएको छ। यससँगै दूरी कायम गरेर पठनपाठन गर्न सचेत गराइएको छ ।

    केहि दिन अघि नगरपालिकामा बसेको सरोकारवालाहरुको बैठकको तस्वीर

    विद्यालय सञ्चालन गर्न नगरपालिकाले शिक्षा कार्यविधि बनाएर पठनपाठन गरेको हो । विद्यार्थीमा मानसिक असर नपरोस भनेर सुरक्षित रुपमा विद्यालय सञ्चालन गरिएको हो पाँचखाल नगरपालिकाका प्रमुख खरेलले जानकारी दिनुभयो । असोज १ गतेदेखि सार्वजनिक यातायात सञ्चालन भएपछि नगरपालिकाले विद्यालय सञ्चालन गर्ने योजना बनाएको थियो। नगरपालिकाभित्र कोरोना संक्रमण नियन्त्रणमा आइसकेकाले विद्यालय खोलिएको उहाँको भनाई छ । खोलिएका विद्यालयले पनि सावधानी अपनाएर पठनपाठन सुरु गरिएको जोरपाटी माध्यमिक विद्यालयका प्रधानाध्यापक बद्रीप्रसाद ढुंगानाले जानकारी दिनुभयो । अभिभावसँग छलफल गरी पठनपाठन सुरु गरिएको तथा एक बेच्चमा एकजना मात्रै विद्यार्थी राखेर अध्ययन गराउन थालिएको ढुंगानाले जानकारी दिनुभयो ।

    पाँचखालमा ५० विद्यालय छन्। जसमा ३९ सार्वजनिक र ११ निजी विद्यालय रहेका छन्। नगर भित्रका १३ मावि विद्यालयहरु सबै खुलेको जानकारी दिदै नगरका शिक्षा अधिकृत उदय कोइरालालले विद्यालयहरु जोर विजार प्रणालीमा कक्षा सञ्चालन गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार केहि मावि विद्यालयमा प्रावि लेभलका विद्यार्थीहरुलाई विहानीको सत्र र मावि लेभलका विद्यार्थीहरुलाई दिउँसोको सत्रमा पढाई भइरहेको जानकारी दिनुभयो ।

    नगरपालिकाले सबै विद्यालयलाई मास्क वितरण गरिएको छ,भने प्रत्येक विद्यालयलाई साबुन किन्न प्रशासनिक खर्च पठाइएको छ ।

    विद्यालय खुलाउने र कायविधि बनाउने विषयमा केहि दिन अघि पाँचखाल नगरका प्रमुख प्रसाशकीय अधिकृत लोक वहादुर भण्डारीको अध्यक्षतामा नगरमा रहेका विद्यालयहरुका शिक्षकहरुसंग छलफल भएको थियो । छलफलमा पाँचखाल नगरका शिक्षा शाखा प्रमुख दिनानाथ पन्थिले सहजीकरण गर्नुभएको थयो । बैठकले असोज ४ गतेबाट सुरक्षा अपनाएर विद्यालय सञ्चालन गर्ने निर्णय गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस