२०८० आश्विन ८, सोमबार | Mon, 25, Sep, 2023

मुग्लान पारी गीत सार्वजनिक

  • २०७७ आश्विन ५, सोमबार मा प्रकाशित ३ साल अघि
  • ५२४ पाठक संख्या
  • परदेशी नेपालिहरुको यथार्थ पिडामा आधारित मर्म स्पर्सि गीत मुग्लान पारि सार्वजनिक भयको छ ।

    बासुरि बादक तथा गायक रत्न बि.कको स्वर र एरेन्ज रहेको गीतमा, चर्चित सर्जक हुम गैरे को शब्द कमला बि सि को सङ्गित रहेको छ । गरिबीका कारण परदेशी भुमिमा पसिना सङ्ग पैसा साट्न बाध्य नेपालि दाजु भाई दिदि बैनि हरु को यथार्थ कथा बस्तुमा तयार पारियको भिडियोमा वरिष्ठ रंग कर्मि रश्मि भट्ट, चर्चित मोडल अञ्जली अधिकारि, चर्चित गायिका तथा मोडल टिका सानु वरिष्ठ कलाकार बसन्त बर्माको साथमा गायक रत्न बि।कको जिवन्त अभिनय रहेको छ ।

    गितको निर्देशन तथा सम्पादन हुम गैरेले गरेका छन भने गीत लाई पछिल्लो समयका बेस्त छायांकार करण चैसिर ले खिचेका छन ।

    बाल कलाकारहरुमा राशिका सिङ्ग ,रिदम गन्धर्व , पुजा कडरा लगायत को मन मोहक अभिनय रहेको गित रत्न बि.क. युटुब च्यानल मार्फत सार्बजनिक गरियको छ ।

    प्रतिक्रिया दिनुहोस