२०८० आश्विन १५, सोमबार | Mon, 02, Oct, 2023

सिस्नोको पाउडर बनाउने तालिमका सहभागिलाई प्रमाणपत्र वितरण

  • २०७७ आश्विन ५, सोमबार मा प्रकाशित ३ साल अघि
  • ३३४ पाठक संख्या
  • तेमाल गाउँपालिका वडा नं २ का कृषकलाई सिस्नोको पाउडर बनाउने तालिम दिईएको छ ।

    तेमाल गाउँपालिका, युएनडिपिको आर्थिक सहयोगमा र शान्ति जन आदर्श सेवा केन्द्र काभ्रेको साझेदारीमा दिइएको सिस्नोको पाउडर बनाउने तालिमका तेमाल–२ चुखाको मिलिजुली कृषक समुहका २५ जना स्थानीय सहभागि भएका थिए ।

    आईतबार तालिमको समापन तथा प्रमाणपत्र वितरण गरिएको छ । सहभागिलाई तेमाल गाउँपालिकाका उपाध्यक्ष दुर्गामाया तामाङले प्रमाणपत्र वितरण गर्नुभयो ।

    सिस्नु मुटुरोग, दम,हाड जोर्नी, बाथ रोगका बिरामिहरुका लागि औषधितुल्य हुने भएकोले नेपालमा यसको माग अनुसार आपूर्ति हुन सकेको छैन । बजारको सम्भावना देखेपछि यहाँका स्थानीय सिस्नु पाउडर उत्पादनप्रति आकर्षित भएका छन् ।

    तालिममा स्किल नेपालका फिल्ड निरीक्षक डम्बर थापामगरले सहजिकरण गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस