२०८० फागुन १२, शनिबार | Sat, 24, Feb, 2024

पछिल्लो २४ घण्टामा कोरोनाको कारण १८ जनाको मृत्यु

  • २०७७ आश्विन ४, आईतबार मा प्रकाशित ३ साल अघि
  • ५२३ पाठक संख्या
  • पछिल्लो २४ घण्टामाकोरोना भाइरसको कारण १८ जनाको मृत्यु भएको छ भने १३ सय २५ जनामा संक्रमण पुष्टि भएको छ ।

    देशभरका प्रयोगशालामा ९ हजार ५८४ नमुना परीक्षण गर्दा ४६९ महिला र ८५६ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

    यस्तै काठमाडौंका ४, पर्सा र चितवनका २/२ जना तथा ललितपुर, भक्तपुर, मकवानपुर, रुपन्देही, पाल्पा, बाँके, बारा, रौतहट, सप्तरी र धनुषाका १/१ जनाको मृत्यु भएको छ ।

    प्रतिक्रिया दिनुहोस