२०८० आश्विन १७, बुधबार | Wed, 04, Oct, 2023

सोमबारदेखि पाँच दिनसम्म देशभरी मेघ गर्जन र चट्याङसहितको भारी वर्षा हुने पूर्वानुमान

  • २०७७ आश्विन ४, आईतबार मा प्रकाशित ३ साल अघि
  • ७८४ पाठक संख्या
  • जल तथा मौसम विज्ञान विभागले सोमबारदेखि पाँच दिनसम्म देशभरी मेघ गर्जन र चट्याङसहितको भारी वर्षा हुने पूर्वानुमान गरेको छ ।

    केही स्थानमा भने हावाहुरीसहितको अधिक वर्षा हुने विभागले जनाएको छ । हाल उत्तरपूर्व बंगालको खाडीमा रहेको न्यून चापीय क्षेत्र पश्चिम, उत्तर–पश्चिमतर्फ सर्ने क्रममा नेपालका विभिन्न भागमा भारी वर्षा हुने विभागको अनुमान छ ।

    आगामी शुक्रबारसम्म आवश्यक सतर्कता अपनाउन विभागको अनुरोध छ ।

    प्रतिक्रिया दिनुहोस