२०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024

मानव पुँजी सूचकांकमा नेपालको स्थान दक्षिण एशियामा दोस्रो

  • २०७७ आश्विन ४, आईतबार मा प्रकाशित ३ साल अघि
  • ८४५ पाठक संख्या
  • मानव पुँजी सूचकांकमा नेपालको स्थान दक्षिण एशियाका देशमध्ये दोस्रो स्थानमा रहेको देखिएको छ। विश्व ब्यांकले प्रकाशित गरेको मानव पुँजी सूचकांक २०२० (ह्युमन क्यापिटल इण्डेक्स) का अनुसार, दक्षिण एशियामा नेपालभन्दा माथि श्रीलंका मात्रै छ।

    दक्षिण एशियाका अरू सबै देश नेपालभन्दा तल छन्। यसअघि पनि दक्षिण एशियामा नेपालको स्थान दोस्रो नै थियो।

    विश्व ब्यांकले प्रकाशित गरेको प्रतिवेदनअनुसार नेपालको मानव पुँजी भ्यालू ०।५० छ, जुन दुई वर्षअघि सन् २०१८ मा पनि उही थियो। श्रीलंकाको मानव पुँजी भ्यालु ०।६० छ भने भारतको ०।४९ छ।

    नेपालले मानव पुँजीको विकासमा सन्तोषजनक सुधार गरेको विश्व ब्यांकले उल्लेख गरेको छ। नेपालमा बालबालिकाको शिक्षामा गरिएको लगानी, शिशु र बाल स्वास्थ्यमा भएको सुधार लगायतका कारणबाट नेपालको स्थान मानव पुँजी सूचकांकमा राम्रो देखिएको हो। यद्यपि, कोरोना भाइरस संक्रमणका कारण बालबालिका कम्तीमा ६ महिनादेखि विद्यालयदेखि बाहिर रहेका कारण उनीहरुको सिकाईमा असर पर्नसक्ने जोखिम पनि ब्यांकले औंल्याएको छ।

    संसारभरिका विभिन्न देशको विद्यमान शिक्षा र स्वास्थ्यको प्रणालीले भविष्यमा देशको दक्ष जनशक्ति उत्पादनमा कस्तो प्रभाव पर्छ भनी आकलन गर्न विश्व ब्यांकले यस्तो सूचकांक प्रकाशित गर्दै आएको छ।

    प्रतिक्रिया दिनुहोस