२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

डा. गोविन्द केसी आईसीयूमा

  • २०७७ आश्विन ४, आईतबार मा प्रकाशित ३ साल अघि
  • २१५३ पाठक संख्या
  • स्वास्थ्य अवस्था कमजोर हुँदै गएपछि अनसनस्थलबाट अस्पताल पुर्‍याइएका डाक्टर गोविन्द केसीलाई आईसीयूमा भर्ना गरिएको छ । आईसीयूमा भर्ना भएपनि डा. केसीले कुनै पनि स्वास्थ्य जाँच गर्न मान्नु भएको छैन ।

    उपचारमा खटिनुभएका विशेषज्ञ डाक्टर प्रवीण गिरी, डाक्टर धिरज गुरुङ, डाक्टर अनुप मंगल समाल र नर्स सविना थापाको हस्ताक्षरित प्रतिवेदनमा डाक्टर केसीले अस्पताल आएपछि कुनै पनि खालको जाँच गर्न नमानेको बताइएको छ ।

    उहाँलाई असोज ३ गते राति १० बजेर ४५ मिनेटमा अस्पतालमा ल्याइएको प्रतिवेदनमा जानकारी गरिएको छ । जाँच नै गर्न नदिएपछि उहाँको प्रतिरक्षा घट्दै गएकाले सङ्क्रमणको डर भएको, रगतमा चिनीको मात्रा अति कम भइ प्रमुख अङ्रुमा जटिल समस्या हुने डर भएको चिकित्सकको प्रतिवेदनले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस