२०८० आश्विन १६, मंगलबार | Tue, 03, Oct, 2023

मन्त्रिपरिषद् पुनर्गठनका लागि तीन विकल्पमा छलफल हुने

  • २०७७ आश्विन ४, आईतबार मा प्रकाशित ३ साल अघि
  • ३१५ पाठक संख्या
  • सरकारलाई प्रभावकारी बनाउन मन्त्रिपरिषद् पुनर्गठन गर्ने निष्कर्षमा नेपाल कम्यनिष्ट पार्टी (नेकपा) पुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद् पुनर्गठन हुने पक्का भएको छ । तर को–को हट्ने, को–को मन्त्री बन्ने भन्ने छलफल हुन बाँकी नै छ ।

    पार्टी कार्यालय पेरिसडाडाँमा आइतबारको बैठकमा अहिलेका सबै मन्त्रीलाई हटाउने, सुरुमा मन्त्री भएकाहरुलाई हटाउने वा केही मन्त्री हटाउने र केहीलाई निरन्तरता दिने भन्ने तीन विकल्पमा छलफल चलको छ ।

    बैठकमा अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित अधिकांश नेताले सबै मन्त्रीलाई एकसाथ हटाउन नहुने धारणा राखेका छन् । सबै मन्त्रीलाई हटाउने भन्दा पनि राम्रा काम गरेकाहरुलाई निरन्तरता दिनुपर्ने प्रचण्डको भनाई छ ।
    वरिष्ठ नेता झलनाथ खनाल उपाध्यक्ष बामदेव गौतम, नारायणकाजी श्रेष्ठ प्रकाशलगायतले पनि सबैलाई हटाउनुभन्दा राम्रा काम गरेका र योग्यलाई निरन्तरता दिनुपर्ने बताएका छन् ।

    बैठकबाट मन्त्रिपरिषद् पुनर्गठन हुने पक्का भएपनि कोको हट्ने, कोको मन्त्री बन्ने, कहिले मन्त्रिपरिषद् पुनर्गठन गर्ने भन्ने जस्ता विषय टुंगिन बाँकी नै रहेको एक सचिवालय सदस्यले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस