शनिबार मध्यराति पृथ्वी राजमार्गस्थित धादिङ गल्छी गाउँपालिका–६ सत्केरी ढुङ्गामा काठमाडौं जाँदै गरेको डिजेल ट्यांकर सडकबाट करिब १०० मिटर तल त्रिशूली नदीमा खसेको छ ।
नारायणगढबाट काठमाडौं जाँदै गरेको ना ४ख २८२२ नम्बरको डिजेल ट्यांकर खसेपछि तेल भर्ने भागमा आगलागी समेत भएको थियो । पानीमा माथिल्लो भाग मात्रै देखिएको उक्त ट्यांकरमा आगलागी भएको गजुरीस्थित इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विश्वराज खड्काले जानकारी दिए ।
यसैबीच ट्यांकरका चालक मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ का ३२ वर्षीय सुजित बोहोरा र सहचालक सकुशल रहेको र सम्पर्कमा आएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस