२०८० आश्विन १६, मंगलबार | Tue, 03, Oct, 2023

जिल्ला सहकारीको माईती बृद्धाश्रममा खाद्यान्न सहयोग

  • २०७७ आश्विन ४, आईतबार मा प्रकाशित ३ साल अघि
  • ५०० पाठक संख्या
  • संविधान दिवसको अवसर पारेर जिल्ला सहकारी संघ लि. काभ्रेल पनौती नगरपालिकामा रहेको श्री प्रणाम माइती बृद्धाश्रममा खाद्यन्न सहयोग गरेको छ ।

    सहकारी संस्था/संघहरुको सामाजिक उत्तरदायित्व अन्तर्गत संघले उक्त कार्यक्रम गरेको हो । पनौती नगरपालिकाका प्रमुख भिम न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता जिल्ला सहकारी संघ लि.का अध्यक्ष विनोद पराजुलीले गर्नुभएको थियो । कार्यक्रममा जिल्ला सहकारी संघ लि. काभ्रेका सल्लाहाकार टिकाबल्दभ सापकोटा, सोमप्रसाद हुमार्गाइ, जिल्ला दुग्ध उत्पादन सहकारी संघ लि. काभ्रेका अध्यक्ष नारायण बडाल, सहकारी अभियन्ताहरु र संघका सञ्चालक, लेखा सुपरिवेक्षण समितिको समेत सहभागिता रहेको थियो ।

    दोलाखा, सिन्धुली, रामेछाप, नुवाकोट, रसुवा लगायत काभ्रेजिल्लाका ९ जना आमा तथा ११ जना बुबाहरु रहनु भएको उक्त आश्रम २०६८ सालदेखि शुरु गरिएको थियो । १७ जना व्यवस्थापन समिति रहेर शुरु गरिएको उक्त आश्रम हालसम्म विभिन्न दाताहरुको सहयोगमा सञ्चालन गरिएको हो । आश्रममा जिल्ला सहकारी संघले चामल, दाल, नुन, तेल, पानी फिल्टर, थाल, चम्चा, फलफूल, जुस, बिस्कुटलगायतका सामाग्रीहरुको सहयोग गरेको थियो ।

    साथै जिल्ला सहकारी संघले संविधान दिवसको अवसरमा संघको कार्यालय भवनमा संघका अध्यक्ष विनोद पराजुलीबाट दिपावली समेत गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस