२०८० आश्विन १५, सोमबार | Mon, 02, Oct, 2023

भोलिबाट अमेरिकामा टिकटक र विच्याट एप डाउनलोडमा प्रतिबन्ध

  • २०७७ आश्विन ३, शनिबार मा प्रकाशित ३ साल अघि
  • ९२२ पाठक संख्या
  • भोलि आइतबारदेखि अमेरिकामा विच्याट र टिकटक एप डाउनलोडमा प्रतिबन्ध लाग्ने भएको छ ।

    राष्ट्रिय सुरक्षा तथा डाटा प्राइभेसीको चिनियाँ एपमाथि प्रतिबन्धको घोषणा गरेको अमेरिकाले विच्याटमाथि भने सम्पूर्ण रुपमा बन्देज लगाएको छ । टिकटक माथिको पूर्ण बन्देज चाहिँ आगामी नोभेम्बर १२ देखि लागू हुने बताइएको छ ।
    वाणिज्य मन्त्री विल्बर रोसका अनुसार निश्चित सुरक्षाजन्य विधिहरु लागू गरेमा टिकटकचाहिँ चलाउन पाइनेछ ।

    एक लिखित वक्तव्य जारी गर्दै मन्त्री रोसले भनेका छन्, ‘राष्ट्रपतिको निर्देशनअनुसार हामीले अमेरिकी नागरिकहरुका व्यक्तिगत डाटा संकलन गर्ने चिनियाँ खतरनाक एपहरुसँग जुध्न उल्लेखनीय कदम चालेका छौँ । यसले अमेरिकी नियम तथा कानूनहरुको कडाइपूर्वक कार्यान्वयन हुनुका साथै हाम्रो राष्ट्रिय मूल्यहरुका साथै प्रजातान्त्रिक नियममा आधारित मापदण्डहरुलाई प्रवद्र्धन गर्नेछ ।’

    अमेरिकी सरकारका अनुसार उसको आदेश, जुन यसअघि गत अगष्टमा राष्ट्रपति ट्रम्पले घोषणा गरेका थिए, त्यसले अमेरिकी नागरिकका व्यक्तिगत डाटा संग्रहित गर्ने चिनियाँ खतरनाक कार्यसँग जुध्न सहयोग गर्नेछ ।

    प्रतिक्रिया दिनुहोस