परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले केही दिनमै मन्त्रिमण्डल पुनर्गठन हुने बताएका छन्।
प्रेस संगठन नेपाल, रुपन्देहीले शुक्रबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री ज्ञवालीले अबको हप्ता १० दिनभित्रै मन्त्रिमण्डल पुनर्गठन हुने बताएका हुन्।
सरकारका प्रवक्तासमेत रहेका मन्त्री ज्ञवालीले भने, ‘प्रधानमन्त्री केपी शर्मा ओलीले कार्य मूल्यांकनका आधारमा मन्त्रिमण्डल पुनर्गठन गर्नुहुनेछ। यसको तयारी भइरहेको छ।’
लामो समय पार्टीमा देखिएको विवाद अन्त्य भएको जनाउँदै उनले पार्टी भित्रको सन्तुलन मिलाउन र सरकारको कामलाई थप प्रभावकारी गराउन पनि मन्त्रिमण्डल पुनर्गठन हुन लागेको बताए।
प्रतिक्रिया दिनुहोस