२०८० आश्विन १६, मंगलबार | Tue, 03, Oct, 2023

जनता समाजवादी पार्टीले संविधान दिवस नमनाउने

  • २०७७ आश्विन २, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • २७७ पाठक संख्या
  • जनता समाजवादी पार्टी नेपालले सरकारले घोषणा गरेको संविधान दिवसमा भाग नलिने निर्णय गरेको छ ।

    शुक्रबार बसेको जसपाको पदाधिकारी बैठकले संविधानमा संघीयता समावेशी लोकतन्त्र, राष्ट्रिय पहिचान, समानुपातिक समावेशीकरण लगायतका प्रावधानहरु पनि अधुरो र अपूर्ण हुनुका साथै संविधानमा विभेदकारी प्रावधान राखिएको हुँदा सरकारले घोषणा गरेको संविधान दिवसमा भाग नलिने निर्णय गरेको पार्टीका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए ।

    संविधान दिवसमा भाग नलिने बरु त्यसको विरोध गर्ने र संविधानमा रहेका विभेदकारी एवं त्रुटीपूर्ण प्रावधानहरु परिवर्तनका लागि असोज ३ गते विभिन्न प्रकारका विरोधका कार्यक्रम आयोजना गर्ने जसपाद्धारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ । संविधान संशोधनद्धरा यसलाई सच्याउनका लागि देशका प्रमुख स्थानहरुमा असोज ३ गते शान्तिपूर्ण विरोधका कार्यक्रम आयोजना पार्टी कार्यकर्तालाई आह्वान गरेको छ ।

    प्रतिक्रिया दिनुहोस