२०८० आश्विन १५, सोमबार | Mon, 02, Oct, 2023

चितवन मेडिकल कलेजमा एक जना कोरोना संक्रमितको मृत्यु

  • २०७७ आश्विन २, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • ३६५ पाठक संख्या
  • चितवनमा कोरोना (कोभिड १९) संक्रमति थप एक पुरुषको मृत्यु भएको छ ।

    चितवन मेडिकल कलेजमा उपचाररत नवलपरासी पूर्व देवचुली नगरपालिका ११ का ३१ वर्षीय पुरुषको गएराति सवा १२ बजे मृत्यु भएको हो ।

    अस्पतालका निर्देशक डा. दयाराम लम्सालका अनुसार ती पुरुषको सघन कक्षमा भेन्टिलेटरको सहायतामा उपचार भइरहेको थियो । गत भदौ २५ गते श्‍वासप्रश्‍वास तथा निमोनियाँको समस्या भई उनी अस्पताल भर्ना भएका थिए । उनको भदौ २६ गते कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस