२०८० आश्विन ८, सोमबार | Mon, 25, Sep, 2023

डा. केसीको स्वास्थ्यमा समस्या देखिन थाल्यो

  • २०७७ आश्विन २, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • २३३ पाठक संख्या
  • चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले ६ बुँदे माग राखेर थालेको सत्याग्रहको आज पाँचौं दिन पुगेको छ ।

    गत भदौ २९ गते कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसलगायत शैक्षिक कार्यक्रम सञ्चालन गरिनुपर्ने र स्‍नातकोत्तर तहको अनुमति तत्काल प्रदान गर्नुपर्नेलगायत माग राखेर जुम्लाको चन्दननाथ ६, रानिचौरमा रहेको बाबिरा मन्दिरमा १९औं सत्याग्रह सुरु गरेका हुन् । १८औं सत्याग्रह दार्चुलामा गत जेठ २० गते तीनबुँदे माग राखेर सत्याग्रह गरेका थिए ।

    डा। केसीको स्वास्थ्यमा विभिन्‍न समस्या देखिएपछि कर्णाली स्वास्थ्य विज्ञानको डा. प्रवीण गिरीको टिम आएर परीक्षण गरिरहेको उनका सहयोगी महेन्द्र कार्कीले बाह्रखरीलाई जानकारी दिए । डा.गिरीलाई उदृत गर्दै कार्की भन्छन् , “मुटुको चालमा उतारचढाव देखिनुका साथै अन्य स्वास्थ्य समस्या देखिएको छ ।”

    प्रतिक्रिया दिनुहोस