पाँचखाल नगरपालिकामा प्रहरी कर्मचारीहरुसँग सम्बन्धित गुनासो तथा सुझाव संकलनको लागि गनासो तथा सुझाव संकलन पेटीका राखिएको छ ।
विहिबार एक कार्यक्रमका विच नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोक बहादुर भण्डारीले उद्घाटन गर्नुभयो ।
सुझाब पेटीका स्थापना कार्यक्रममा पाँचखाल नगरपालिका वडा नं ४ का वडा अध्यक्ष सुन्दर लामा, प्रहरी चौकी पाँचखालका प्रमुख प्रहरी निरीक्षक राजेश अधिकारी लगायतको सहभागिता रहेको थियो ।
पाँचखाल सहित बागमति प्रदेशका २८ स्थानीय तहमा सुझाव संकलन पेटीका राखिएको छ । प्रहरी कार्यालयका साथै प्रहरी कर्मचारीहरुबाट सम्पादन भएका कामकारबाहीको सम्बन्धमा आम नागरिकबाट प्राप्त हुने सल्लाह, सुझावका साथै गुनासोलाई उचित सम्बोधन गरी प्राप्त सल्लाह सुझाव अनुरुप प्रहरी सेवालाई परिमार्जन गर्ने उद्देश्यले बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले स्थानीय तहसंगको सहकार्यमा गुनासो तथा सुझाव संकलन पेटीका राखेको हो ।
प्रतिक्रिया दिनुहोस