२०८० आश्विन ८, सोमबार | Mon, 25, Sep, 2023

भकुण्डेमा कान्तिपुरको सेवा केन्द्र

  • २०७७ आश्विन १, बिहिबार मा प्रकाशित ३ साल अघि
  • ११७३ पाठक संख्या
  • कान्तिपुर सेभिङ्ग एण्ड क्रेडिट को अपरेटिभ लिको भकुण्डेबेशींमा सेवा केन्द्र स्थापना भएको छ ।

    सेवा केन्द्रको विहिबार एक कार्यक्रमका विच सुभारम्भ भयो । नमोबुद्ध नगरपालिका वडा नं ७ का वडा अध्यक्ष धर्मसिं तामाङ र संस्थाका अध्यक्ष हिमालय विक्रम मल्ल ठकुरीले सयुक्त रुपमा सेवाकेन्द्रको सुभारम्भ गर्नुभयो । संस्थाको यो छैठौं सेवा केन्द्र हो ।

    सेवा केन्द्र उद्घाटन कार्यक्रममा संस्थाका अध्यक्ष हिमालय विक्रम मल्ल ठकुरी, सञ्चालक सदस्य जोगालाल लामा र नारायण रिमालको उपस्थितिमा सेवा केन्द्रको उद्घाटन भएको थियो ।

    कार्यक्रममा संस्थाका केन्द्रीय कार्यालयका बरिष्ठ प्रबन्धक सुवासभक्त मल्ल, संस्थाका प्रबन्धक एवं बनेपा शाखा प्रमुख पुष्पराज कोईराला, घण्टाघर शाखाका शाखा प्रमुख विजय लामा, न्यूरोड शाखाका शाखा प्रमुख मुक्त लामा, बनेपा शाखाका सहायक शाखा प्रमुख देवसागर लामा, विभिन्न शाखाका कर्मचारी, स्थानीय भद्रभलाद्मीको सहभागिता रहेको थियो ।

    शाखाको सेवाकेन्द्र शुरु भएकै दिन २० लाख १० हजारको कारोवार भएको सेवा केन्द्रका प्रमुख चन्द्रज्योति कोईरालाले जानकारी दिनुभयो ।

    प्रतिक्रिया दिनुहोस