२०८० आश्विन १५, सोमबार | Mon, 02, Oct, 2023

नेपाल टेलिकमको डाटाबाट ५५ रुपैयाँमा तीन दिनसम्म अनलिमिटेड युट्युब र फेसबुक चलाउन पाइने

  • २०७७ आश्विन १, बिहिबार मा प्रकाशित ३ साल अघि
  • ३६७ पाठक संख्या
  • संविधान दिवसको अवसरमा नेपाल टेलिकमले आफ्ना सेवामा विभिन्न प्याकेज सुविधा उपलब्ध गराउने भएको छ ।

    असोज २, ३ र ४ गते अनलिमिटेड युट्युब तथा अनलिमिटेड फेसबुक प्याक छुट्टाछुट्टै ५५ रुपैयाँ प्रतिप्याकमा खरिद गरी तीन दिनसम्म प्रयोग गर्न सकिनेछ ।

    साथै अनलिमिटेड युट्युब र अनलिमिटेड फेसबुक प्याकमध्ये कुनै एक प्याक खरिद गर्ने ग्राहकले एड–अन प्याकको रुपमा १५ रुपैयाँमा एक जीबी डाटा प्याक खरिद गरी डाटा प्रयोग गर्न सकिने सुविधासमेत उपलब्ध हुनेछ । यो प्याक पनि खरिद गरेको मितिदेखि तीन दिनसम्म प्रयोग गर्न सकिनेछ ।

    अहिले समर अफर अन्तर्गत २८ दिनको समयावधि हुने दैनिक एक जीबी डाटा प्याक आठ सय ५० रुपैयाँमा उपलब्ध भइरहेकोमा संविधान दिवसको अवसरमा यो प्याक पाँच सय ५५ रुपैयाँमा उपलब्ध हुनेछ ।

    संविधान दिवसका अवसरमा उपलब्ध अफरहरु *1415*11# डायल गरी प्राप्त गर्न सकिन्छ ।

    प्रतिक्रिया दिनुहोस