२०८० आश्विन ८, सोमबार | Mon, 25, Sep, 2023

मृत्यु भएकाको कोरोना परीक्षण नगर्ने निर्णय फिर्ता लिन काँग्रेसको माग

  • २०७७ आश्विन १, बिहिबार मा प्रकाशित ३ साल अघि
  • ३११ पाठक संख्या
  • प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले शंकास्पद मृत्युको कोरोना परीक्षण नगर्ने निर्णय अविलम्ब फिर्ता लिन आग्रह गरेको छ ।

    बुधबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इन्सिडेण्ट कमाण्ड सिस्टमले शंकास्पद मृत्यु भएको व्यक्तिको कोरोना परीक्षण नगर्ने निर्णय गरेको थियो ।

    शंकास्पद मृत्यु भएका ब्यक्तिको कोरोना परिक्षण नगर्ने सरकारको पछिल्लो निर्णय अत्यन्तै गलत भएको काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माद्वारा विहीबार जारी विज्ञप्तिमा उल्लेख छ ।

    निर्णय तत्काल फिर्ता लिएर गहिरो विश्लेषण र गम्भीर सुझबुझका साथ मात्रै यस्ता संवेदनशील बिषयमा निर्णयमा पुग्न सरकार र सम्बन्धित निकायलाई काँग्रेसको आग्रह छ ।

    प्रतिक्रिया दिनुहोस