२०८० आश्विन १६, मंगलबार | Tue, 03, Oct, 2023

रोशीको कालढुङ्गामा औद्योगिक ग्रामको निर्माण प्रक्रिया सुरु

  • २०७७ आश्विन १, बिहिबार मा प्रकाशित ३ साल अघि
  • ३११ पाठक संख्या
  • रोशी गाउँपालिका वडा न ११ कालढुङ्गामा औद्योगिक ग्रामको निर्माण प्रक्रिया सुरु भएको छ । आर्थिक बर्ष २०७६/७७ मै नेपाल सरकारले औद्योगिक ग्राम निर्माणका लागि बजेट विनियोजन गरेको थियो ।

    साना साना उद्योगलाई प्रवर्धन गर्ने लक्ष्य सहित नेपाल सरकारले सुरु गरेको औद्योगिक ग्राम काभ्रेका तीन स्थानीय तह छनौट भएका थिए । पाँचखाल, धुलिखेल र रोशी छनौट भएको थियो । पाँचखालले निर्माण नै सुरु गरेको भएपनि धुलिखेल र रोशीले भने निर्माण प्रक्रिया सुरु गरेका छन ।

    रोशी गाउँपालिकाका अध्यक्ष डीबी लामाले औद्योगिक ग्राम निर्माण प्रक्रिया सुरु भएको बताउनुभयो । उहाँले कालढुङ्गामा करिब ७० रोपनी क्षेत्रफलको डीपीआर तयार भएको बताउनुभयो । अध्यक्ष लामाले स्थानीयको मागको आधारमा उद्योगहरु स्थापना गरिने बताउनुभयो । हामी संरचना निर्माणको प्रक्रियामा छौँ, त्यसपछि जुन जुन कुराको माग स्थानीय स्तरबाट आउँछ त्यही अनुसार उद्योग खोल्ने छौँ ।

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरु दाहालले डीपीआरसँगै ग्राम निर्माणका लागि आवश्यक संरचना बनाउन टेन्डर भएको बताउनुभयो । उहाँका अनुसार एक करोड २६ लाख रुपियाँको टेन्डर भएको छ । सङघीय सरकारबाट ९२ लाख र गाउँपालिकाबाट ३४ लाख थप गरेर टेन्डर आह्वान भएको छ । रोशी गाउँपालिका वडा नं ११ का अध्यक्ष मिलन लामाले आद्योगिक निर्माण क्षेत्रमा करिब २० घर रहेकाले उनीहरुलाई हट्न एक महिने सूचना गाउँपालिकाले जारी गरिसकेको जानकारी दिनुभयो ।
    औद्योगक ग्राम खोल्न नेपाल सरकारले छनौट गरेर स्थानीय तहलाई काम गर्न आग्रह गरेको भएपनि प्रयाप्त बजेट नहुँदा काम छिटो हुनेमा भने आशंका पैदा भएको छ । नेपाल सरकारको ७० प्रतिशत र स्थानीय तहको ३० प्रतिशत लगानीमा तयार हुने उक्त औद्योगिक ग्राम निर्माणका लागि करोडौ लाग्ने रोशी गाउँपालिकाले तयार पारेको गुरुयोजनामा उल्लेख छ । तर बजेट भने लाखमा आउँदा काम छिटै सकिन्छ र उद्योग सञ्चालनमा आउँला भन्नेमा स्थानीय नै ढुक्क छैनन । अघिल्लो आर्थिक बर्ष मै काम गर्ने गरी केन्द्रीय सरकारबाट ९२ लाख आएको भएपनि यस आर्थिक बर्षलाई थप रकम आएको छैनन । ग्राम निर्माण पश्चात डेरी, मह, चिया कफी प्रशोधन, जडिबुटी प्रशोधन, काठ तथा बेतबाँसको फर्निचर, स्थानीयको मागमा आधार रहेर उद्योगहरु सञ्चालन हुनेछन् ।

    प्रतिक्रिया दिनुहोस