काभ्रेर काभ्रेको बेथानचोक गाउँपालिकाको गुम्बुडाँडामा आन्तरिक तथा बाह्य पर्यटन प्रवर्दनका लागि भ्यू टावर निर्माण गरिएको छ । टावर निर्माणसँगै यहाँ अहिले आन्तरिक पर्यटकहरुको धुइँचो लाग्ने गरेको छ ।
गाउँपालिकाको वडा नं। ३, ४ र ५ को संगम स्थलमा पर्ने यो ठाउँबाट विभिन्न हिमालका दृश्याबलोकन गर्न सकिने र गाउँपालिकाको प्रायस् सबै वडाहरु हेर्न सकिने भएकाले यसको महत्व बढेको हो ।
गाउँपालिकाको २० लाख र वडा नं ४ को ८ लाख गरी जम्मा २८ लाखको लगानिमा टावर निर्माण गरिएको बेथानचोक गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष लालबहादुर श्रेष्ठले बताउनुभयो ।
गाउँपालिका भित्रका प्रसिद्ध कपेर महांकाल मन्दिर, बेथान नारायणथानको मन्दिर, थानी महांकाल, शिव गुफा, तिलेश्वर महादेव मन्दिर, कामीडाँडा, थामडाँडा लगायतका महाभारत श्रृंखलाहरु रहेकोले पर्यटन मा सहयोग पुर्याउने हिसाबले गुम्बुडाँडामा भ्यू टावर निर्माण गरिएको हो ।
अहिले भ्यू टावर जानका लागि सिँडी निर्माणको काम पनि सकिसकेको छ । नजिकै धार्मीक स्थल पाथीभरा मन्दिर निर्माण भइरहेकोले भविष्यमा पनि पर्यटकहरुको आगमन हुने स्थानीयको भनाई छ ।
प्रतिक्रिया दिनुहोस