उज्यालो नेपालले काभ्रेका दुई स्थानीय तहलाई भिटिएम सहित स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।
नेपालले काभ्रेको रोशी र बेथानचोकमा २/२ सय थान पिसिआर चेक गर्ने भिटिएम, ४/४ हजार थान सर्जिकल मास्क, ह्याण्ड स्यानीटाईजर १०/१० बोत्तल, फेससिल्ड १५/१५ थान, ह्याण्ड स्यानीटाईजर स्प्रे ५ /५ बोत्तल हस्तान्तरण गरेको उज्यालो नेपालका उपाध्यक्ष संजय लामाले जानकारी दिनुभयो ।
रोशी गाउँपालिकामा उज्यालो नेपालका उपाध्यक्ष एवं पाँचखाल नगरपालिकाका प्रवक्ता संजय लामा, कोषाध्यक्ष सोनाम शेर्पा, प्रोजेक्ट कोअर्डिनेटर सुनिता योञ्जनले गाउँपालिका अध्यक्ष दलबहादुर(डिबी) लामा र प्रमुख प्रशासकीय अधिकृत डम्बरु दाहाललाई हस्तान्तरण गर्नुभएको थियो ।
त्यस्तै बेथानचोक गाउँपालिकामा उज्यालो नेपालका उपाध्यक्ष एवंपाँचखाल नगरपालिकाका प्रवक्ता लामा, कोषाध्यक्ष शेर्पा, प्रोजेक्ट कोअर्डिनेटर योञ्जनले सयुक्त रुपमा गाउँपालिका अध्यक्ष प्रेमबहादुर तिमल्सिना र उपाध्यक्ष सरिता लामिछानेलाई हस्तान्तरण गर्नुभयो ।
यसैगरी मुटरागी रोशी गाउँपालिका वडा नं ३ का पार्वति लामालाई १५ हजार रुपैया सहयोग गरेको छ । उज्यालो नेपालका उपाध्यक्ष संजय तामाङले मुटुरोगीका अफन्तलाई रकम हस्तान्तरण गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस