२०८० आश्विन १६, मंगलबार | Tue, 03, Oct, 2023

काभ्रेमा कोरोनाको कारण एकको मृत्यू, २० जना नयाँ संक्रमित थपिए

  • २०७७ भाद्र ३१, बुधबार मा प्रकाशित ३ साल अघि
  • ४६८ पाठक संख्या
  • काभ्रेमा कोरोनाको कारण एक जनाको मृत्यू भएको छ ।

    मृत्यु हुनेमा पनौती नगरपालिका ३ का ४१ बर्षिय पुरुष हुन् । उनी गत २७ गते काठमाडौं मेडिकल कलेज भर्ना भएका थिए ।

    प्यान्कृयाजको विरामी ती व्यक्तिको हिजो मंगलवार साँझ मृत्यू भएको थियो । यसअघि जिल्लामा कोरोनाका कारण जिल्लामा ६ जनाको मृत्यु भइसकेको छ । मृतक मध्ये ३ जना काभ्रेका हुन भने अन्य ३ जनाको विभिन्न जिल्लाका उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको हो ।

    त्यस्तै काभ्रेमा आज (बुधवार) २० जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

    थपिएएकाहरुमा बनेपा नगरपालिकाका ५ जना पुरुष र ६ जना महिला गरी ११ जना, चौरी देउराली १ जना पुरुष, पनौती १ जना महिला, धुलिखेल नगरपालिका २ जना पुरुष र ३ जना महिला गरी ५ जना, मण्डनदेउपुर १ जना पुरुष र रोशी गाउँपालिकाका १ जना पुरुष गरी २० जना नयाँ संक्रमित थपिएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्र झाले जानकारी दिनुभयो ।

    यो सँगै काभ्रेमा २६६ पुरुष र १७३ महिला गरी ४ सय ३९ जना संक्रमित संख्या पुगेको छ ।

    प्रतिक्रिया दिनुहोस