२०८१ अषाढ ४, मंगलबार | Tue, 18, Jun, 2024

आज थपिए अहिलेसम्मकै बढी कोरोना संक्रमित

  • २०७७ भाद्र ३१, बुधबार मा प्रकाशित ३ साल अघि
  • ४१४ पाठक संख्या
  • बुधबार थप १ हजार ५३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। एकै दिनमा थपिएकाे याे संख्या हालसम्मकै उच्च हाे।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या ५८ हजार ३२७ पुगेको छ।

    त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ६८ जना कोरोनाबाट निको भएका छन्। यीसहित हालसम्म निको हुनेको संख्या ४१ हजार ७०६ पुगेको छ।

    प्रतिक्रिया दिनुहोस