२०८१ अषाढ ९, आईतबार | Sun, 23, Jun, 2024

जापानको योशिहिदे सुगा नयाँ प्रधानमन्त्रीमा निर्वाचित

  • २०७७ भाद्र ३१, बुधबार मा प्रकाशित ३ साल अघि
  • ३८६ पाठक संख्या
  • जापानका पूर्व मुख्य सचिव योशिहिदे सुगा नयाँ प्रधानमन्त्रीमा निर्वाचित भएका छन् ।

    बुधबार संसदमा भएको मतदानमा ३१४ मतसहित सुगा जापानको नयाँ प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् । लिब्रल डेमोक्रेटिक पार्टी एलडीपीको बहुमत रहेको संसदको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिका ४६५ सदस्यमध्यबाट ३१४ मत प्राप्त गरेको जापानी समाचार एजेन्सी कोयदो न्युजले जनाएको छ ।

    स्वास्थ्य समस्याका कारण प्रधानमन्त्री पदबाट राजीनामा दिएका सिन्जो आबेको उत्तराधिकारीका लागि जापानको सत्तारुढ दल एलडीपी सोमबार नयाँ नेताको रुपमा योशिहिदेलाई सुगालाई निर्वाचित गरेको थियो । पार्टी नेतामा उनले ५३४ मध्येबाट ३७७ मत प्राप्त गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस