२०८० आश्विन १६, मंगलबार | Tue, 03, Oct, 2023

हवाई, लामो दुरीको यातायात र होटल असोज १ वाट खुल्ने, शैक्षिक संस्थाहरू नखुल्ने

  • २०७७ भाद्र ३०, मंगलबार मा प्रकाशित ३ साल अघि
  • ३१३ पाठक संख्या
  • सरकारले अन्तरिक हवाई उडान र होटल रेष्टुरेन्टहरु, लामो दुरीको यातायात असोज १ गतेबाट खुल्ने भएको छ ।

    मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै अन्तरिक हवाई उडान सुरु गर्ने निर्णय गरेको हो । विमानमा सिट क्षमताको आधा मात्र यात्रु राख्नुपर्नेछ भने मास्क, भाइजर अनिवार्य गरिएको छ । होटलहरु पनि असोज १ वाट खुल्ने जानकारी दिइयो ।

    त्यस्तै लामो दुरीका यातायात समेत खुल्ने निर्णय भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै यातायात सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

    यातायात खुलेसँगै व्यवसायीले साविकको भाडादरमा ५० प्रतिशत बढाएर लिन सक्ने मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

    तर शैक्षिक संस्थाहरू भने अर्को सूचना नआएसम्मका लागि बन्द नै राख्‍ने निर्णय भएको छ । सरकारले शैक्षिक संस्था, ट्युसन सेन्टर, परीक्षा सञ्चालन, सबै प्रकारका गोष्ठी, तालिम आदि अर्को सूचना नआएसम्म बन्द नै राख्‍ने निर्णय गरेको हो ।

    निर्णय सार्वजनिक गर्दै मन्त्री ज्ञवालीले सबै प्रकारका प्रदर्शन भेला, सिनेमा हल, डान्सबार, सार्वजनिक स्थल, सैलुनहरू, व्युटी पार्लर, मसाज तथा स्पा सेन्टर, स्विमिङ पुल, जिमखाना, समूहमा खेलिने खेल, मैदानमा हुने प्रशिक्षण, अन्तर्राष्ट्रिय खेलकुद प्रशिक्षण, प्रारम्भीक चरणका खेलहरू, सबै प्रकारका धार्मिक क्षेत्र, चिडियाखाना, पुस्तकालय अर्को निर्णय भएपछि मात्रै सञ्चालन हुने जानकारी दिनुभयो ।

    प्रतिक्रिया दिनुहोस