काठमाडौं /पाठ्यक्रम विकास केन्द्रले नेपालको कुल क्षेत्रफल सहितको पाठ्य पुस्तक तयार पारेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलद्वारा मंगलबार सार्वजनिक ‘नेपालको भू भाग र सीमासम्बन्धी स्वाध्याय सामग्री’ पुस्तक अनुसार नेपालको कुल क्षेत्रफल १ लाख ४७ हजार ६४१।२८ वर्ग किलोमिटर रहेको छ ।
पुस्तक लेखक मध्येका एक कोमलचन्द्र बरालका अनुसार पुस्तकमा नेपालको पश्चिमोत्तर क्षेत्रको लिपुलेक र कालापानी बीचमा रहेको लिपु भञ्ज्याङलाई समेटेर लिम्पियाधुरा लिपुलेक क्षेत्रको करिब ४६०।२८ वर्ग किलोमिटर भू९भाग समावेश गरिएको छ । यसअघि भन्दै आएको १ लाख ४७ हजार १८१ वर्ग किलोमिटर क्षेत्रफलमा लिम्पियाधुरा क्षेत्र समेटिएको थिएन ।
पुस्तक समेटिएका मुख्य विषयहरूः
–नेपालको प्राचीन, मध्यकालीन लगायत ई.सं. १८१६ मा भएको सुगौली सन्धिसम्मको नेपालको सिमाना र क्षेत्रफलको विस्तार र सङ्कुचनको ऐतिहासिक सन्दर्भ
–अन्तर्राष्ट्रिय सीमाको अवधारणा, सिद्धान्त, नदी सीमामा उद्गम स्थलको पहिचान, सीमाविवाद, सीमा विवाद हुने कारण र समाधानका उपायहरूको छोटो जानकारी
–नेपालको सीमा निर्धारण, छिमेकी मुलुकहरू चीन र भारतसँगको सीमा सम्बन्ध, सीमा विवाद र समाधानका प्रयासहरू
–नेपाल र भारत बिचको सीमा विवाद रहेका विशेष गरी पश्चिमोत्तर सीमा क्षेत्रका भारतद्वारा अतिक्रमित नेपालका लिम्पियाधुरा, कालापानी, लिपुलेक क्षेत्रको सीमा विवादका कारण, समाधान र यससँग सम्बन्धित ऐतिहासिक, प्रशासनिक र भूराजनीतिक प्रमाणहरू
–नवलपरासी (बर्दघाट सुस्तापश्चिम) को सुस्ता क्षेत्रको अतिक्रमण सम्बन्धी छोटो जानकारी
–नेपालको अद्यावधिक नक्सा निर्माण अभ्यास र नक्साको परिचय र प्रयोग सम्बन्धी विषयवस्तु
–यस सामग्रीको प्रयोग र कक्षभित्र र बाहिर गरिने क्रियाकलापहरू सम्बन्धी शिक्षकका लागि केही निर्देशन
–सुगौली सन्धिलगायत नेपालको सीमा सम्बन्धी विभिन्न सन्धि सम्झौताहरूको सूची
प्रतिक्रिया दिनुहोस