२०८० आश्विन १५, सोमबार | Mon, 02, Oct, 2023

काभ्रे कोरोना अपडेट : आज २४ जनामा कोरोना

  • २०७७ भाद्र ३०, मंगलबार मा प्रकाशित ३ साल अघि
  • ४७९ पाठक संख्या
  • जिल्लामा आज २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    विहान काभ्रेभञ्ज्याङमा १३ जनामा कोरोना देखिएको थियो । दिउँसो बनेपा नगरपाकिलाकाका २ पुरुष र १ महिला, चौरीदेउराली गाउँपालिकाकी १ महिला, पाँचखाल नगरपालिकाका ३ पुरुष र १ महिला, पनौती नगरपालिकाका १ पुरुष, नमोबुद्ध नगरपालिकाका १ पुरुषमा कोरोना संक्रमण देखिएको थियो ।

    काभ्रेभञ्ज्याङमा एकै परिवारको ५ जनामा कोरोना संक्रमण देखिएको छ । पाँचखालमा देखिएका मध्ये २ जना नेपाली सेनाका छन् ।
    योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ४ सय १५ पुगेको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्र झाले जानकारी दिनुभयो । उहाँका अनुसार संक्रमितमध्ये २ सय ८१ जनाको उपचारपछि कोरोना निको भइ घर फर्किएका छन् ।

    जिल्लामा अहिले १ सय ३१ जना सक्रिय कोरोना संक्रमित रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस