२०८० आश्विन ८, सोमबार | Mon, 25, Sep, 2023

विदेशमा अलपत्र परेकालाई घर फर्काउन गगन थापाद्वारा सरकारको ध्यानाकर्षण

  • २०७७ भाद्र २९, सोमबार मा प्रकाशित ३ साल अघि
  • १५६५ पाठक संख्या
  • नेपाली कांग्रेसका युवा नेता गगन थापाले विदेशमा अलपत्र श्रमिकहरुको राहत, उद्धार तथा घरफिर्तीका लागि गम्भीरता अपनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

    उनले सोमबार बेलुकी फेसबुक पेजमा भिडियो सन्देश जारी गरेर सरकारलाई श्रमिकको राहत, उद्धार तथा घरफिर्तीका लागि गम्भीरता अपनाउन सरकारको ध्यानाकर्षण गराएका हुन् । नेता थापाले विदेशबाट घर फर्किने श्रमिकका लागि सरकारले निर्धारण गरेको हवाई भाडादर अत्यन्तै चर्को भएको भन्दै भाडादर घटाउनुपर्नेमा जोड दिएका छन् ।

    “श्रमिकहरुले पाएको दुःख, उनीहरुमाथि भएको शोषणको सूची लामो छ । यही भएरनै हो, श्रमिकहरुको आक्रोश चुलिएको । यही भएरनै हो अनेकन देशहरुमा श्रमिकहरुको आक्रोश सडकमा पोखिन थालेको । सरकारले श्रमिकहरुको यस्तो मनोदशा बुझेर, आफ्ना गल्तीहरु सच्याएर, नयाँ ढंगले काम गर्न प्रारम्भ गर्दछ भने स्थिति नियन्त्रणमा आउन सक्दछ,” उनले भिडियो सन्देशमा वृद्धि गरिएको भाडादर स्मरण गराउँदै भनेका छन्, “होइन भने स्थिति हातभन्दा बाहिर जान्छ । यस्तो अवस्था नओस् भन्ने हामी चाहन्छौं । त्यसैले श्रमिकहरुको राहत, उद्धार तथा उनीहरुको घरफिर्तीका सम्बन्धमा केही विषयहरुमा गम्भीरतापूर्वक सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।”

    प्रतिक्रिया दिनुहोस