२०८१ अषाढ ९, आईतबार | Sun, 23, Jun, 2024

मन्त्रिपरिषद् बैठक : राष्ट्रियसभामा बामदेव गौतम, प्राधिकरणमा कुलमानको नाम नै प्रस्ताव भएन

  • २०७७ भाद्र २९, सोमबार मा प्रकाशित ३ साल अघि
  • ७५६ पाठक संख्या
  • सरकारले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य मनोनित गर्न सिफारिस गरेको छ ।
    मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले गौतमको नाम राष्ट्रपति समक्ष सिफारिस गरेको हो ।

    राष्ट्रियसभामा राष्ट्रपतिले मनोनित गर्ने तीन सदस्यमध्ये युवराज खतिवडाको पदावधि समाप्त भएपछि एक सिट ६ महिनादेखि खाली छ ।

    मन्त्रिपरिषद्को बैठकले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई सरकारले पुनर्नियुक्त गर्ने चर्चा चले पनि सोमबारको मन्त्रिपरिषद्ले यसबारे निर्णय गरेन ।

    पर्यटन मन्त्री योगेश भट्टराईले जानकारी दिनुभए अनसार बैठकमा यससम्बन्धि प्रस्ताव नै नआएको बताउनुभयो ।

    उर्जामन्त्री वर्षमान पुनले घिसिङलाई पुनर्नियुक्ति गर्ने प्रस्ताव मन्त्रालयमा लैजाने तयारी गरेको सचिवालयले भने पनि उर्जा मन्त्रीेले कुनै प्रस्ताव गर्नुभएन ।

    कुलमानको पुनःनियुक्तीको माग गर्दै माईतीघरमा प्रर्दशन

    कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा फेरि नियुक्त गर्न माग गर्दै माइतीघरमा प्रदर्शन भएको छ ।  राष्ट्रिय झण्डासहित उपस्थिति युवाहरुको समूहले कुलमान नियुक्तिमा ढिलाइ भएको भन्दै सरकारविरुद्ध नाराबाजी गरेका हुन् ।

    उनीहरुले मैन बत्ती बलेर कुलमानको पक्षमा निर्णय गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । सरकारले आजको मन्त्रिपरिषद बैठकमा कुलमानलाई पुनः नियुक्ति गर्ने भनिएपनि ऊर्जा मन्त्रालयले प्रस्ताव पठाएको छैन ।

    प्रतिक्रिया दिनुहोस