उच्च अदालत पाटनले समयमा मल आयात नगर्ने दुई कम्पनी शैलङ इन्टरप्राइजेज र होनिको मल्टिपल माथिको कारबाही प्रक्रिया बुधबारसम्म अघि नबढाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीश रमेशप्रसाद राजभण्डारीको एकल इजलासले शैलुङ इन्टरप्राइजेज र होनिको मल्टिपल प्रालीमाथिको कारबाही यथास्थितिमा राख्न आदेश दिएको हो । उच्च अदालत पाटनका रजिष्ट्रार बाबुराम दाहालका अनुसार बुधवार छलफलको लागि बोलाएको र त्यै दिन अन्तरिम आदेश जारी हुने कि नहुने भन्ने टुंगो लाग्ने जानकारी दिनुभयो ।
कृषि सामग्री कम्पनीले भाद्र २१ गते शैलुङ र होनिकोको ठेक्का रद्धगरी धरौटी रकम जफत गरेको थियो भने सोमबार कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्याललाई सिफारिस गरेको थियो । शैलुङ र होनिकोले आफ्नो धरौटी जफत गर्न नहुने अनि कालोसूचीमा राख्न पनि नहुने माग राखी दुवै कम्पनी उच्च अदालत पाटन गएका थिए ।
प्रतिक्रिया दिनुहोस