जिल्ला विपद् व्यवस्थापन केन्द्रले कोरोनाको विरामी बढे सँगै सबै स्थानीय तहलाई आइसोलेसन बनाउन निर्देशन दियो । एक पटक हैन पटक पटक । अझ मौखिक हैन लिखित रुपमानै निर्देशन दियो ।
जति निर्देशन दिएपनि आइसेलेसन नबनाएको जिल्ला विपद् व्यवस्थापन केन्द्ले जनाएको छ । आज सम्म पनि मण्डनदेउपुर नगारपालिका, खानीखोला, भुम्लु, महाभारत, तेमाल, चौरी देउराली, बेथानचोक र रोशी गाउँपालिकाले अझै सम्म पनि आइसोलेसन बनाएका छैनन् ।
जिल्ला विपद् व्यवस्थापन केन्द्रका सदस्य सचिव तथा स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा नरेन्द्र झाले पालिकाहरुलाई पटक पटक आइसोलेसन बनाउन भनेपनि अटेर गरेको जानकारी दिनुभयो । लिखित रुपमानै धेरै पटक भनेपनि अटेर गरेको उहाँको भनाई छ । निर्देशन दिए लगत्तै काभ्रेका स्थानीय तहहरुमध्ये पाँचखाल नगरपालिकाले पहिलो पटक आइसोेलसन बनाएको उहाँको भनाई छ । त्यस पछि धुलिखेल, बनेपा, नमोबुद्ध र पनौती नगरपालिकाले आइसोलेसन बनाएको उहाँले जानकारी दिनुभयो ।
धुलिखेल नगरपालिकाले सञ्जीवनी माविमा बनाएको आईसोलेसन
बनेपा नगरपालिकाले बनाएको पालिटेक्निको भवनको आइसोलेसन
आन्तरिक आय बढि भएका पालिकाहरुले पनि आइसोलेसन बनाउन अटेर गरेका छन् । केहि पालिकाहरुमा त स्तरीय क्वारेन्टाईन समेत बनेका छैनन् । जिल्ला विपद् व्यवस्थापन केन्द्रको टोलीले काभ्रेका केहि स्थानीय तहमा अनुगमन गर्दा क्वारेन्टाईन समेत मापदण्ड अनुसार नभएको जनाएको छ ।
जो नगरपालिकाको आन्तरिक आय पनि छैन् आम्दानी पनि कम छ ती नगरपालिकामा आइसोलेसन बनेका छन् तर जुन स्थानीय तहमा आन्तरिक आय बढि छ तीनिहरुले भने चासो देखाएका छैनन् । उनीहरु अन्य अस्पताल या स्थानीय तहमा शरण लिएका छन् । जस्तै सँगैको पाँचखालमा आइसोलेसन छ तर आन्तरिक आय धेरै भएका मण्डन देउपुर र भुम्लुमा आइसोलेसन छैनन् ।
प्रतिक्रिया दिनुहोस