२०८० आश्विन १६, मंगलबार | Tue, 03, Oct, 2023

मन्त्रिपरिषद्को बैठक साँझ बस्दै, गौतमलाई राष्ट्रिय सभा, कुलमानलाई विद्युत प्राधिकरणको कार्यकारी प्रमुखमा नियुक्त गर्ने

  • २०७७ भाद्र २९, सोमबार मा प्रकाशित ३ साल अघि
  • ४४५ पाठक संख्या
  • प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ पाँच बजे मन्त्रिपरिषद्को बैठक बोलाउनुभएको छ ।
    मन्त्रिपरिषद् बैठकमा नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभाका लागि सिफारिस गर्ने तथा ऊर्जामन्त्री वर्षमान पुनले विद्युत प्राधिकरणको कार्यकारी प्रमुखमा कुलमान घिसिङलाई नियुक्तिको लागि प्रस्ताव लैजाने तयारी भएको बुझिएको छ ।

    भदौ १८ गते बसेको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले गौतमलाई राष्ट्रिय सभाका लागि सिफारिस गरेको थियो । त्यस्तै विद्युत प्राधिकरणको कार्यकारी प्रमुखमा भने कुलमानलाई पुनः नियुक्ति गर्नेबारे प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भइसकेको छ।

    प्रचण्ड कुलमानलाई दोहोर्‍याउने पक्षमा रहेको भए पनि प्रधानमन्त्री ओलीले रुची नदेखाएको स्रोतको दाबी छ।
    कुलमानको चार वर्षे कार्यकाल भदौ २८ गतेदेखि सकिएको छ। लोडसेडिङ हटाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै सर्वसाधारणबीच कुलमानको लोकप्रियता बढ्दो छ।
    भदौ १८ गते बसेको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले गौतमलाई राष्ट्रिय सभाका लागि सिफारिस गर्ने तयारीमा आफू रहेको बताएका थिए।

    प्रतिक्रिया दिनुहोस