२०८० फागुन १९, शनिबार | Sat, 02, Mar, 2024

गोविन्द केसीको १९ औं सत्याग्रह जुम्लामा शुरु

  • २०७७ भाद्र २९, सोमबार मा प्रकाशित ३ साल अघि
  • २६३ पाठक संख्या
  • डाक्टर गोविन्द केसीले फेरी १९ औं सत्याग्रह सुरु गर्नुभएको छ ।

    चिकित्सा शिक्षामा सुधारको माग राख्दै जुम्लाको चन्दननाथ–६ रानिचौरमा रहेको वाविरा मन्दिरमा उहाँले अनसन सुरु गर्नुभएको हो ।

    कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएसलगायतका कार्यक्रम सञ्चालन गरिनुपर्ने र स्नातकोत्तर तहको अनुमति तत्काल प्रदान गर्नुपर्ने, गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्टानमा पठनपाठन सुरु गरिनुपर्ने, प्रदेश नम्बर २ र गण्डकी प्रदेश तथा डोटी, डडेलधुरा, उदयपुर र इलाम, पाँचथरमा सरकारी मेडिकल कलेज तथा अस्पताल प्रक्रिया अघि बढाउनु पर्ने माग राख्दै डा। केसीले अनसन सुरु गर्नुभएको हो ।

    प्रतिक्रिया दिनुहोस