२०८० आश्विन ८, सोमबार | Mon, 25, Sep, 2023

जलाएको चार दिन पछि महिलामा कोरोना पोजेटिभ रिपोर्ट, शिर मेमोरियल अस्पतालको लापर्बाही

  • २०७७ भाद्र २९, सोमबार मा प्रकाशित ३ साल अघि
  • ७०९ पाठक संख्या
  • काभ्रेको भुम्लुमा एक कोरोना संक्रमितको स्वाबको रिपोर्ट नआई शव जलाइएको छ ।

    भुम्लु गाउँपालिका वडा नम्वर ८ निवासी ७४ बर्षिया बृद्ध महिलाको भदौ २५ गते निधन भएको भएपनि चार दिन पछि कोरोना पुष्टी भएको हो ।

    विरामी भएपछि बनेपाको शिर मेमोरियल अस्पतालमा उपचाररत ती महिलाको २५ गते निधन हुने वित्तिकै कोरोना संक्रमणको रिपोर्ट नआई जर्वजस्ती मृतकका आफन्तलाई शव बुझाएको थियो । रिपार्ट आईतबार (हिजै) आएपनि शिर मेमोरियल अस्पतालले यत्तिखेर सम्म सार्वजनिक गरेको छैन् ।

    आफन्तले मृतक महिलालाई भुम्लु ८ मा रहेको डुम्रेघाटमा जलाएका थिए । गाउँका झण्डै ६० जना सहभागि भएको मृतकका आफन्तले जनाएका छन् ।

    प्रतिक्रिया दिनुहोस