२०८० आश्विन १६, मंगलबार | Tue, 03, Oct, 2023

ओम्‍नी समूह एक वर्षका लागि कालो सूचीमा

  • २०७७ भाद्र २९, सोमबार मा प्रकाशित ३ साल अघि
  • २४३ पाठक संख्या
  • काठमाडौँ/ विवादास्पद कम्पनी ओम्नी विजनेस कर्पोरेसन इन्टरनेशनल प्रालिलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालो सूचीमा राखेको छ । कार्यालयले सोमबार पत्रिकामा सूचना जारी गर्दै ओम्नीलाई एक वर्षको लागि कालोसूचीमा राख्ने निर्णय गरेको जानकारी दिएको हो ।

    ओम्नीले स्वास्थ्य सेवा विभागबाट कोरोना रोकथामको लागि प्रयोग हुने स्वास्थ्य सामग्री ल्याउने ठेक्का पाएको थियो । सम्झौताका सर्तअनुसार समयमै स्वास्थ्य सामग्री नल्याएपछि विभागले चैतमै ओम्नीलाई कालो सूचीमा राख्न सिफारिस गरेको थियो ।

    विभागले सिफारिस गरेको करिब ५ महिनापछि भदौ २० गते बसेको सार्वजनिक खरिद अनुगमन कार्यालयको बैठकले ओम्नीलाई एक वर्षको लागि कालो सूचीमा राख्ने निर्णय गरेको हो ।

    प्रतिक्रिया दिनुहोस