२०८१ अषाढ ९, आईतबार | Sun, 23, Jun, 2024

विश्वमा २ करोड ९१ लाख कोरोना संक्रमितमध्ये २ करोड १० लाख निको भए

  • २०७७ भाद्र २९, सोमबार मा प्रकाशित ३ साल अघि
  • ४१६ पाठक संख्या
  • विश्वभर २ करोड ९१ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ ।

    पछिल्लो २४ घण्टामा २ लाख ४३ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या २ करोड ९१ लाख ८० हजार नाघेको छ ।

    एकै दिन थप ३ हजार ९०५ जनाको मृत्यु भएको छ । यो सँगै सोमबार बिहानसम्म कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ९ लाख २८ हजार २६७ पुगेको छ ।

    एकै दिन २ लाख २० हजार ६४० मानिस कोरोना संक्रमणमुक्त भएका छन् ।

    तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार सोमबार (आज) बिहानसम्म कोरोनाबाट निको हुनेको संख्या २ करोड १० लाख २५ हजार २८३ पुगेको छ ।

    प्रतिक्रिया दिनुहोस