२०८० आश्विन १७, बुधबार | Wed, 04, Oct, 2023

१०० ग्रुपको राहत वितरण (फोटो फिचर)

  • २०७७ भाद्र २८, आईतबार मा प्रकाशित ३ साल अघि
  • ६१५ पाठक संख्या
  • १०० ग्रुपले धुलिखेल ५ श्रीखण्डपुरमा राहत वितरण गरेको छ । ग्रुपले स्थानीय हात मुख जोर्न समस्या भएको झण्डै १ सय जनालाई राहत वितरण गरेको ग्रुपका सदस्य प्रकाश मैनालीले जानकारी दिनुभयो । राहतमा चामल, दाल, तेल, नुन वितरण भयो ।

    कायक्रममा धुलिखेल नगरका प्रमुख अशोक व्याञ्जु, उपप्रमुख विमला शर्मा, खलनायकहरु सुनिल थापा र मुकुन्द थापा, धुलिखेल ५ का अध्यक्ष गंगासागर रञ्जित, छायाँकार गौरीशंकर धुजु, प्रकाश पुस्तकालयका अध्यक्ष अशोकचन्द्र धुजु, १०० ग्रूपका सल्लाहकार मदनगोपाल धुजु लगायतले राहत वितरण गर्नुभयो ।

    १०० ग्रुपका  सल्लाहकार मदन गोपाल धुजु श्रेष्ठको आग्रहमा,  १०० ग्रुपका संस्थापक एवं कार्यक्रम संयोजक दिपेश धुजु श्रेष्ठ, युवा समाजसेवीहरु बप्लु गुप्ता,  प्रकाश मैनाली, बिवेक ढकाल लगाएत सहभागि भएका थिए । राहत वितरण कार्यक्रमममानै काभ्रे जिल्लाको संयोजकमा प्रबेश कार्की चयन हुनुभएको छ ।

    साढे ४ बर्ष अघि स्थापना भएको १०० ग्रुपले यस अघि पनि धेरै कार्य गर्दै आइरहेको छ ।

    ग्रुपका सदस्य बप्लु गुप्ताका अनुसार उपत्यकामा ब्लड अभाव भएपछि कलेजका साथीहरु मिलेर ग्रुप बनाएर ब्लड डोनेशन गरेपछि यो ग्रुप सक्रिय भएको थियो । यस अघि नै म्यानपावर सँग ठगिएकाहरुको सहायता, नेपालमै पहिलो पटक कपडा बैंक स्थापाना (हाल ६६ वटा कपडा बैंक सञ्चालनमा छ), पुरानो बसपार्कमा खाना खुवाउने कार्यक्रम सञ्चालन भईरहेको छ ।

    कार्यक्रममा स्थानीय मदन श्रेष्ठले स्वास्थ्य चौकीलाई ६ सय थान मास्क समेत उपलब्ध गराउनुभको थियो ।

    राहत वितरण कार्यक्रममा इन्द्रेणी कार्यक्रम मार्फत एविसि टेलिभिजन मार्फत प्रशारण गर्ने जानकारी गराईएको छ । इन्द्रेणी कार्यक्रमको सञ्चालक शर्मिला श्रेष्ठ, कृष्ना बजगाई लगायतले १०० ग्रुपको बारेमा गीत गाउनुभएको थियो ।

    १ सय ७१ दिन देखि निरन्तर खाना खुवाउँदै १०० ग्रुप

    १०० ग्रुपद्वारा १ सय ७१ दिनदेखि निरन्तर गरिबको सहारा बन्दै आएको छ ।

    कोरोना भाईरस (कोभिड १९) का कारण सरकारले गत चैत्र ११ बाट गरेको लकडाउनको अवधिभरमा काठमाडौंमा दैनिक मजदूरी गरी खाने र उनका परिवार, अस्पतालका विरामी कुरुवा, सड्क बालबालिकाहरु, मागी खानेका परिवारलगायतहरुलाई रत्नपार्कमा रहेको पुरानो बसपार्कमा खाना खुवाईरहेको छ ।

    १०० ग्रुपका समूहरुले दैनिक ६ सय जनालाई खाना खुवाईरहेको अंशु यादवले जानकारी दिनुभयो । उहाँकै पहलमा १०० ग्रुपका टालीले खाना, तरकारी, दाल, अचार, दही र सलाद सहित हरेक दिन दिउँसो ४ बजे असहाय, निमुखा, एकल महिला, दैनिक जेला मजदूरी गरी विहान बेलुकाको छाक टार्ने परिवारहरु, वीर अस्पतालका विरामी कुरुवाहरु र खान नपाएका जो–जो आउनुहुन्छ सबैलाई खाना खुवाईरहेका छन् ।

    प्रतिक्रिया दिनुहोस