कोभिड–१९ कोरोना संक्रमण बढ्दै गएपछि काभ्रे जिल्लामा बन्द रहेका सरकारी कार्यालयहरु सञ्चालनमा आएका छन् ।
कोरोनाको संक्रमण बढ्दै गएपछि बन्द रहेका जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय र आन्तरिक राजस्व कार्यालय लगायत सरकारी कार्यालयहरु खुलेसँगै भिडभाड हुन थालेको छ ।
विपद् व्यवस्थापन केन्द्रको बैठकले काभ्रेबाट जिल्लाका सबै सेवाग्राहीहरुलाई सरकारी कार्यलयहरुबाट एकै पटक सेवा प्रवाह गर्दा भिडभाड हुने भएकोले गाउँपालिकाको हकमा भने सधैं खुल्ला हुने नगरपालिकाका लागि भने बार तोकिएको छ ।
कोभिड–१९ विपद् व्यवस्थापन केन्द्र, काभ्रेका संयोजक एवं प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलका अनुसार नगरपालिकाका लागि हप्तामा ३ दिनमात्र सेवा प्रवाह हुने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस