२०८० आश्विन १५, सोमबार | Mon, 02, Oct, 2023

काभ्रेका १ सय ९९ जना कोरोना मुक्त

  • २०७७ भाद्र २८, आईतबार मा प्रकाशित ३ साल अघि
  • २९९ पाठक संख्या
  • काभ्रेमा कोरोना सङ्क्रमितमध्ये १ सय ९९ जना कोरोना मुक्त भएका छन् ।

    ३७९ सङ्क्रमित मध्ये १ सय ९९ कोरोना मुक्त भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्र झाले जानकारी दिनुभयो ।
    हालसम्म २३४ पुरुष र १४४ महिलामा सङ्क्रमण देखिएको थियो । यसमध्ये १२४ पुरुष र ७५ महिलाले कोरोनालाई जितेका हुन ।

    कोरोना सङ्क्रमित एक पुरुष र एक महिलाको मृत्यु भएको छ ।
    स्वास्थ्य कार्यालयका प्रमुख डा. झाका अनुसार जिल्लामा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या १७८ छ ।

    सङ्क्रमितमध्ये १३९ अस्पताल आइसोलेसन र ३९ होम आइसोलेसनमा उपचाररत छन् ।

    प्रतिक्रिया दिनुहोस