२०८१ बैशाख २, आईतबार | Sun, 14, Apr, 2024

पछिल्लो २४ घण्टामा ९ हजार १६५ जनाको पिसिआर परीक्षण गर्दा १ हजार ३९ संक्रमित

  • २०७७ भाद्र २८, आईतबार मा प्रकाशित ३ साल अघि
  • २९४ पाठक संख्या
  • आइतबार देशभर थप १ हजार ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या ५४ हजार १ सय ५९ पुगेको छ।

    त्यस्तै विगत २४ घण्टामा १ हजार १७३ जना कोरोनाबाट निको भएका छन्। मन्त्रालयका अनुसार हालसम्म ३८ हजार ६९७ जना कोरोनाबाट निको भएका छन्।

    हाल देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ११७ रहेको मन्त्रालयले जनाएको छ। हालसम्म ३ सय ४५ जना मृतकमा कोरोना पुष्टि भएको छ।

    पछिल्लो २४ घण्टामा मृतक ९ जनामा कोरोना पुष्टि भएको हो। यस अवधिमा ९ हजार १६५ जनाको पिसिआर परीक्षण भएको छ।

    प्रतिक्रिया दिनुहोस