२०८० आश्विन १६, मंगलबार | Tue, 03, Oct, 2023

सिन्धुपाल्चोकमा जोखिमका बस्ती सारौं : देउवा

  • २०७७ भाद्र २८, आईतबार मा प्रकाशित ३ साल अघि
  • ९९३ पाठक संख्या
  • नेपाली कांग्रेसले सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका– ७ मा आइतबार विहान गएको पहिरोमा भएको मानवीय क्षतिप्रति दुख व्यक्त गरेको छ ।

    सभापति शेरबहादुर देउवाले विज्ञप्ति निकालेर बेपत्ताहरुको तीब्रताका साथ खोजी गर्न, घाइतेहरुलाई उपचारको प्रबन्ध गर्न तथा पीडितका परिवारलाई अति आवश्यक सामग्रीहरु खाद्यान्न लत्ता कपडा भाँडाकुँडा औषधी र अस्थायी बसोबासको व्यवस्था तत्काल गर्न सरकारलाई आग्रह गरेका छन् ।

    सभापति देउवाले सिन्धुपाल्चोकमा पछिल्लो समय पटक पटक पहिरोले क्षति गरेको भन्दै भूगर्भविदहरुले औंल्याएका जोखिमका वस्तीका नागरिकलाई सुरक्षित स्थानान्तरण अविलम्ब गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

    सभापति देउवाले उद्धार र राहतको मानवीय कर्तव्यमा थप सक्रियताका लागि कांग्रेस कार्यकर्ताहरुलाई आग्रह गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस