बाह्रविसे नगरपालिका–७, घुम्थाङ नागपुजेको पहिरोले पुरिएर सात जनाको मृत्यु भएको छ।
अविरल वर्षासँगै आएको पहिरोले बस्ती पुरिँदा उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी प्रकाश सापकोटाले जानकारी दिनुभयो ।
पहिरोमा भक्तिमाया श्रेष्ठ, जुनु बिक, शुकलाल बिक, सन्देश बिक, सर्किनी नेवार, धनलाल नेवार र ट्याक्सी शेर्पाको शव फेला परेको छ ।
पहिरोले नागपुजे र भीरखर्कका १८ घर बगाउँदा २४ जना बेपत्ता भएका छन्। स्थानीयका अनुसार बिहान करिब पौने चार बजे पहिरो आएको थियो।
प्रतिक्रिया दिनुहोस